राष्ट्रिय विभुति फाल्गुनन्दको जन्मजयन्ति दुई गुटमा मनाइयो ।

Read Time:2 Minute, 18 Second

रबिन लिङ्देन

हङकङ, ११ नोभेम्बर २०१४ – किरात समाज सुधारकको रुपमा चिनिने राष्ट्रिय विभुति मुहिगुम अङसिमाङ (महागुरु) फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ति हङकङमा दुई भिन्ना भिन्नै ठाउमा मनाएको छ । विक्रम संवत अनुसार कार्तिक २५ गते मनाइने उक्त दिवस नेपाल लगायत संसार भरिका किरात धर्मवलम्बिहरुले एकै दिनमा मनाएको छन ।

  “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले आफ्नै माङहिममा किरात धार्मिक मुन्धुम अनुसार किरात भक्तजनहरुको साथमा सेवासावाहरु मार्फत सेवा (पूजा) गरि १३० औं जन्मजयन्ति मनाउन सुरु गरेको छ ।

त्यसैगरि किरात याक्थुङ चुम्लुङ हङकङले नेपाली महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्म दिवस मनाएको छ ।

किरात भक्तजनहरुको साथमा किरात धार्मिक मुन्धुम अनुसार सेवा–सवा (पुजारी) द्घारा सेवा गरि १३०औं जन्म जयन्ति मनाउन सुरु गरेको “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले आउने आइतवार (१६ नोभेम्बर २०१४) मा मंकिहीलमा साक्मुरा वादेम्बा (गालिसराप वगाउने) कार्यक्रम गरि आफ्नो कार्यक्रम विर्सजन गर्ने वताएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्बाङले सेवा सुरु हुन अगाबै सम्पूर्ण भक्तजनहरुलाई आइतवार मंकिहीलमा गरिने “साक्मुरा वादेम्बा” कार्यक्रमबारे जानकारि गराएका थिए । किरात धर्म तथा साहित्य उत्थान संघ हङकङले आउने आइतवार (१६ नोभेम्बर २०१४) को कार्यक्रमबारे प्रचा समेत वाडेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %