लुम्विनीमा अन्तरास्ट्रिय बौद्ध सम्मेलन हुदै

Read Time:5 Minute, 17 Second

शोनु थापा मगर

वुटवल , कार्तिक २५ – बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन ,सुरक्षा र संरक्षण विषयक अन्तरास्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

   मीनभवन काठमाडौंस्थित विश्वशान्ति विहारमा सन्चालित लुम्विनी वौद्ध विश्वविद्यालय अन्तर्गत थेरवाद बुद्धिष्ट एकाडेमि र म्यान्मारको सागाइङ्गमा रहेको सितगु ईन्टरनेस्नल बुद्धिष्ट एकाडेमिको संयुक्त आयोजनामा यही कार्तिक २९ देखि मंसिर २ गते सम्म लुम्विनीमा सञ्चालन हुने सम्मेलनको समुद्घाटन् राष्ट्रप्रमुख डा. रामवरण यादवले गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनका लागि नेपालका उपसंघनायक तथा थेरवाद बुद्धिष्ट एकाडेमीका अध्यक्ष भिक्षु डा. ज्ञानपूर्णिक महास्थविर र अन्तरास्ट्रिय बौद्ध विश्वविद्यालय संघका अध्यक्ष भिक्षु डा.अशिन ञानसीर (सितगु सयादो) को सह नेतृत्वमा ४० सदस्यीय मुल आयोजक समिती  गठन गरिएको छ ।

सम्मेलनमा थेरवाद,महायान र वज्रयान तीनै सम्प्रदायसंग सम्वन्धित नेपालवाट ४६ जना र ४८ जना विदेशी बौद्ध विज्ञहरुसमेतले गरी कुल ९४ वटा अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।लुम्बिनीको बौद्ध सम्पदाहरुको सुरक्षा, सम्वद्र्धन् र  संरक्षण , विश्वको वौद्ध सम्पदाहरुको सुरक्षा, सम्वद्र्धन् र संरक्षण , बौद्ध संस्कृतिको प्रवद्र्धन र बौद्ध शिक्षा प्रणाली गरी ४ वटा विषयगत कार्यपत्रका क्षेत्रमा कार्यपत्र प्रस्तुत गरिने वुटवलमा पत्रकार सम्मेलन गरी  जानकारी गराईएका हो ।यस सम्मेलनमा  करिव ३० देशका ५००  भन्दा वढि बौद्ध भिक्षु भिक्षुणीहरु तथा बौद्ध विद्धानहरु लगायत विभिन्न देशका  राजदुत  र उच्चपदस्थअधिकारीहरुको सहभागिता रहनेछ ।  सम्मेलनमा नेपाली,( नेपालभाषा ) नेवार भाषा, र अंग्रेजीमा कार्यपत्रहरु पेश हुनेछन् ।

कार्यक्रममा नेपाल लगायत रुस,बेलायत , जापान, स्वीडेन, स्वीटजरलैण्ड, इटली , बंगलादेश , श्रीलङका ,पाकिस्तान , चीन , दक्षीण कोरिया , मंगोलिया , ईण्डानेसिया, थाईलैण्ड , कम्वोडिया , मलेसिया , म्यानमार , अमेरिका,अष्ट्रेलिया । भारत , भियतनाम , लाओस , आयरल्याण्ड ,जर्मनी फ्रान्स , ब्राजिल , अष्ट्रिया स्कटल्याण्ड र भुटानबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन ।

सम्मेलन प्लेनरी र प्यारालल गरी दुई भागमा सम्पन्न हुने बताइएको छ । कात्तिक २९ गते समुद्घाटन पछि हुने प्लेनरी सेसनमा चार प्रमुख विज्ञहरु बेलायतका प्राध्यापक रोविन कनिङ्गमले लुम्विनीका बौद्ध सम्पदाहरु , भारतका प्राध्यापक रविन्द्र पन्थले विश्वका बौद्ध सम्पदाहरु ,श्रीलङ्काका प्राध्यापक असंग तिलक रत्नेले बौद्ध संस्कृति र नेपालका भिक्षु डा.सुगन्ध (अनिल शाक्य) ले बौद्ध शिक्षा विषयमा प्रमुख वक्ताका रुपमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्यारालल सेसनमा लुम्विनीका बौद्ध सम्पदाहरु,लुम्विनीमा वातावरण संरक्षण,विश्वका बौद्ध सम्पदाहरु,बौद्ध संस्कृति र बौद्ध शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्मेलनको अवसरमा विदेशी विशिष्ट महानुभावहरुलाई  लुम्विनी लगायत कुदान , देवदह र रामग्राम हुदै गोटिहवा र तिलौराकोटको सांस्कृतिक भ्रमण गराउने समेत कार्यक्रम छ ।सम्मेलनको लागि आवश्यक सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकको तर्फ बाट विश्वशान्ति बिहार,मिनभवन , काठमाण्डौंका सदस्य सचिव भिक्षु निग्रोध  र मिडिया संयोजक नविन चित्रकारले जानकारी दिनुभएको हो । सम्मेलन लुम्विनी  घोषणपत्र जारी गर्दै मङ्सीर २ गते सकिने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %