बहराइनमा नेपाल आदीवासी जनजाति महासंघ तदर्थ समिति गठन

Read Time:6 Minute, 15 Second

कृष्ण सारुमगर

बहराइन , कात्तिक २४ – नेपाल आदीवासी जनजाति महासंघ, बहराइनले ऐतिहासिक रुपमा तदर्थ समिति गठन गरेको छ ।

 

गत ७ नोभेम्बर २०१४ का दिन बहराइनको राजधानी मानामा स्थित सेवारो नेपाली रेष्टुरेन्टमा मगर संघ बहराइनका सह कोषाध्यक्ष  रेशम पुर्जा मगरको सभापतित्वमा कार्यक्रम संचालन प्रल्हाद लिङदेनले गरेका थिए ।

उक्त भेलाले जयन्द्र घिसिङको अध्यक्षतामा ५१ सदस्यीय “नेपाल आदिवासि जनजाति महासंघ बहराइन” तदर्थ समितिको निर्माण गरेको छ । 

जस्को उपाध्यक्षहरूमा :तोयानाथ सम्बाहाम्फे , श्याम पुन मगर, बुद्धिराज राई ,श्रवण मिक्चुङ र  ज्ञानेन्द्र तमु रहेका छन् ।

महासचिवमा प्रल्हाद लिङ्देन र सचिवमा ज्ञान बहादुर मगर  र सह सचिबमा  पदम गुरुङ  चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा झहरमान थेवे र सह – कोषाध्यक्षमा रेशम पुर्जा मगर छन् । सस्थाको  प्रवक्तामा कुल बहादुर तेयुङ छन भने संचार  प्रमुखमा कृष्ण सारु मगर र सदस्यमा अमर जङ्ग गुरुङ् विपेन्द्र केदेमलाइ चयन गरिएको छ । 

सल्लाहकार हरूमा:नगेन्द्र चाम्लिङ राई , प्रदिप केरुङ,खगेन्द्र राई ,ज्योति घिसिङ,राम कुमार लिङ्देन,विरेन्द्र तुम्बापो र दुइ जना पछि थप गर्ने गरि चयन गरिएको छ ।

त्यस्तै भरखर गठन भएको नेपाल आदिवासी जनजाति महासंघ ,बहराइनले जनसम्पर्क समितिहरू पनि बनाएको छ । जस्मा: दिपेन्द्र गुरुङ , गंगा वनेम ,कृष्ण तामाङ छन् ।

अनुशासन तथा आचारसंहिता विभागीय  प्रमुखमा श्याम राई लाइ चयन गरिएको छ ।

सांस्कृतिक विभागमा:सोनाम दोङ , छत्र संयोक्पा ,  राम गुरुङ र विश्वास थापा मगर छन् । उनिहरू सबै आ – आफ्नो जातिय संगठनमा बिभिन्न पदमा आबद्द छन् । 

उक्त कार्यक्रम तत्कालीन गठित संयोजक समितिका प्रमुख जयन्द्र घिसिङले स्वागत मन्तव्य  र विभिन्न जातिय संस्था बाट आमन्त्रण गरिएका प्रतिनिधिहरु बाट, “नेपाल आदिवासि जनजाति महासंघ, बहराइन तदर्थ समितिलाई ” सफलताको शुभकामाना मन्तब्य राख्नु हुने हरूमा किराँत याक्थुङ चुम्लुङका झहरमान थेवे , तमु समाज बहराइनका प्रवक्ता पदम गुरुङ, किराँत राई यायोख्खा बहराइनका अध्यक्ष बुद्धिराज राई, मगर संघ बहराइनका अध्यक्ष श्याम पुन मगर साथै तामाङ सेवा समाजका अध्यक्ष  श्रवण मिक्चुङ लगायतका अन्य विशिष्ट प्रतिनिधिहरुले नेपाल आदिवासि जनजाति महासंघ, बहराइन तदर्थ समितिको उदेश्य तथा लक्ष्यहरु बारे प्रकाश पारेका थिए ।

सबै बक्तताहरूले जनजाति आन्दोलनको सम्बन्धमा गम्भिर भएर अघि बढ्नु  पर्ने र जुनसुकै परिस्थितिमा पनि  आदिवासि आन्दोलनको लागि आ-आफ्नो  जातिय संस्था बाट खुलेरै  सहयोग गर्ने प्रतिबद्धता सहित “ नेपाल आदिवासि जनजाति महासंघ, बहराइन तदर्थ समितिको ” सफलताको शुभकामनाको क्रममा बचन बद्दता ब्याक्त गरे ।

दर्थ समितका नवनिर्बाचित अध्यक्ष जयन्द्र घिसिङले भने आदिवासीहरु सदियौ देखी केन्द्रीकृत हिन्दुवादि एकात्मक राज्य सत्ताले राज्यको संपुर्ण अधिकारबाट बंचित गर्दै आफ्नै राज्यमा दोश्रो दर्जाको नागरीक भएर बस्नु परेका कारण र आदिवासि जनजातिहरुले भोग्नु परेका समस्याहरुको बिषयमा प्रष्ट पारेका थिए । सोहि अबसरमा जनजातिका समस्याहरु दिनप्रतिदिन ओझेलमा पर्दै गइरहेकोले गर्दा सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल आदीवासी जनजाति महासंघ, बहराइनका प्रमुख संयोजक तथा तामाङ सेवा समाजका उपाध्यक्ष समेत रहेका घिसिङले, आदिवासि जनजातिहरुको आन्दोलन कुनै जाति र समुदायसंग नभएको तर नेपाली आदीवासी जनजातिहरुले आफ्नो पहिचान सहितको आधिकारका लागी नेपालको एकात्मक शासन सत्ता संग रहेकोले कुनै पनि समुदायहरु हाम्रो आन्दोलनबाट आफ्ना उपभोग्य अधिकार खोसिने छ की भन्ने भ्रममा नपर्न आग्रह गरे । साथै नेपाली आदीवासी जनजातिहरुको आन्दोलन कुनै पनि समुदायका ब्राह्मण ,क्षेत्री, लगायत अन्य समुदाहरु संग नभएर ब्राह्मणवाद ,पितृसत्तावादको विरुद्ध रहेको साथै आगामी बन्ने नेपालको संबिधानमा आदीवासी जनजातिको पहिचान र अधिकार सहितको संघियताको मुद्धा नै प्रमुख हो, तसर्थ जातिय पहिचान सहितको संघियता बिरोधीहरुलाई संपुर्ण जनजाति तथा संघियताका पक्षधरहरुले बहिस्कार गर्न समेत अव्हान गरे।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %