१५ पुष
रुपन्देहीको देवदह–४ पिपलडाडामा वस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको घटना स्थलमै को मृत्यु भएको छ । बुटवल देखि पूर्वतर्फ गईरहेको लु ८ प २६४९ नम्वरको मोटरसाईकल र पूर्वबाट बुटवल तर्फ आईररहेको मे १ ख १२६४ नम्वरको बस एक आपसमा ठोकिदा रुपन्देही सिक्टहन–४ ढोलवजवा निवासी २५ वर्षीय अजय कवरको मृत्यु भएको हो । दुर्घटना साझ करिव ६ः३० बजे प्रत्यक्षदर्शीले जनाएका छन् । दुवै गाडी तिव्रगतिमा रहेका कारण दुघर्टना भएको देवदह प्रहरी चौकीिले जनाएको छ । हाल उक्त वस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
गेविन्द घर्ति, देवदह