हुम सुनारीमगर संयोजक रहेको “अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति” ले वरिष्ठ मानव अधिकारवादी नेता तथा अग्रज व्यक्तित्व पद्मरत्न तुलाधरको अध्यक्षतामा गठित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाललाई पूर्ण समर्थन गरेको छ।
अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिमा विभिन्न देशमा स्थापित २२ महासंघहरू आवद्ध छन् । शान्तिपूर्ण हुने भनिएको निर्णायक आन्दोलनलाई सफल पार्न सबै किसिमको सहयोग र समर्थन रहने गरि एक प्रेस बिज्ञप्ति जारि गरिएको छ। प्रेस विज्ञप्तिको पूर्ण पाठ।
अन्तरराष्ट्रिय आदिवासी जनजाति सँयुक्त संघर्ष समिति अथवा २२ राष्ट्रहरूमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघको संयुक्त मोर्चा
मिति ०६ नोभेम्बर २०१४
प्रेस बिज्ञप्ति
नेपाल सीमित जातिहरूको पेवा होइन, एक हिन्दू धार्मिक र एक भाषिक मूलुक पनि होइन । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र नेपाल हो भनेर ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको म्याण्डेड र दश बर्षे जनयुद्ध पछि बनेका १२ बुँदे सहमतिदेखि बृहत शान्ति सम्झौताको भावना र मर्म अनुसार निर्मित नेपालको अन्तरिम संबिधान २०६३ ले स्पष्ट पारेको छ ।
जातीय, भाषिक, धार्मिक र सांस्कृतिक रूपमा नेपालका बहुसंख्यक आदिवासी जनजातिहरू बिगत २४५ बर्षदेखि उत्पीडनमा परेका र पारिएका कारणले सबै जाति, सबै भाषी, सबै धर्म र सबै संस्कृतिको समान हैसियत कायम होस् र त्यसको प्रत्याभूत गराउँनका लागि नेपालमा सङ्घीय व्यवस्थाको आवश्यकता र महशुस गरिएको हो । अर्को अर्थमा समावेशीता, राज्यको हरेक अंग र निकायहरूमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था र विभेदरहित नीति स्थापित गराई सबै पक्ष र समूहहरूको अपनत्व भएको राष्ट्रको मूल कानून “संबिधान” बनाउँने पक्षमा नेपालका आदिवासी जनजातिहरू बर्षौदेखि सङ्गठित भएको कुरा सर्बविदितै छ ।
पछिल्लो समयमा नेपालका केही ठुला भनिने राजनीतिक दलहरूले ऐतिहासिक जनआन्दोलनको उपलब्धि, बृहत शान्ति सम्झौताको मर्म र ऐतिहासिक आदिवासी जनजाति आन्दोलन पछि राज्य पक्षसंग गरिएका/भएका सहमति र सम्झौताहरूलाई बेवास्ता गर्दै पुन: बिगतका ६ वटा एकात्मकवाद लादिएको जस्तै नयाँ संबिधानको निर्माण गर्ने दुस्साहस गर्न लागिएको कुरा स्पष्ट देखिएको छ । यो दुस्साहसलाई रोक्न र नेपालमा बसोबास गर्ने सबै पक्ष र समूहहरूको अपनत्व भएको साझा संबिधान बनाउँनमा मदत पुर्याउनका खातिर वरिष्ठ मानव अधिकारवादी नेता तथा अग्रज व्यत्तित्व श्री पद्मरत्न तुलाधरज्यूको नेतृत्वमा बनेको “आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल” प्रति बिदेशमा स्थापित र कृयाशिल २२ राष्ट्रका नेपाल आदिवासी जनजाति महासंघहरूको सयुक्त मोर्चा “अन्तरराष्ट्रिय आदिवासी जनजाति सयुक्त संघर्ष समिति” को पूर्ण समर्थन रहेको व्यहोरा अवगत गराउँन चाहन्छ ।
डेढ करोड उत्पीडित आदिवासी जनजातिहरूको अधिकार प्रत्याभूत गराउँन र समाबेशी संबिधान निर्माण गर्न र गराउँनका खातिर “नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल” को नेतृत्वमा गर्ने भनेको निर्णायक शान्तिपूर्ण आन्दोलनलाई सफल पार्न जस्तो किसिमको पनि साथ, समर्थन, सहकार्य र सहयोग रहने जानकारी पनि गराउँदछ । यस आन्दोलनले राष्ट्रिय बिखन्डनलाई प्रोत्साहन गर्ने नभई राष्ट्रिय एकता, समृद्धि र समुन्नत नेपालको लागि एउटा ऐतिहासिक सफलता हाँसिल गर्ने कुरामा “अन्तरराष्ट्रिय आदिवासी जनजाति सयुक्त संघर्ष समिति” प्रतिबद्ध र बिश्वस्त रहेको कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गर्दछ।
अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति २२ राष्ट्रमा स्थापित नेपाल आदिवासी जनजातीहरुको सयुक्त मोर्चा :
१. नेपाल आदिवासी जनजाति महासंघ, क्यानाडा
२. नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका
३. नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका
४. नेपाल आदिवासी जनजाति महासंघ, बेलायत
५. नेपाल आदिवासी जनजाति महिला महासंघ, बेलायत
६. नेपाल आदिवासी जनजाति महासंघ, जर्मनी
७. नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियम
८. नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रीया
९. नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगल
१०. नेपाल आदिवासी जनजाति महासंघ, इजरायल
११. नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेवीया
१२. नेपाल आदिवासी जनजाति महासंघ, युएई
१३. नेपाल आदिवासी जनजाति महासंघ, कतार
१४. नेपाल आदिवासी जनजाति महासंघ, बहराइन
१५. नेपाल आदिवासी जनजाति महासंघ, कुवेत
१६. नेपाल आदिवासी जनजाति महासंघ, मलेशिया
१७. नेपाल आदिवासी जनजाति महासंघ, हङकङ
१८. नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया
१९. नेपाल आदिवासी जनजाति महासंघ, जापान
२०. नेपाल आदिवासी जनजाति महासंघ, अस्ट्रेलिया
२१. नेपाल आदिवासी जनजाति महासंघ, इटाली
२२. नेपाल आदिवासी जनजाति महासंघ, ओमन
हुम सुनारीमगर
संयोजक ,
“अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति”