पुटिन भए प्रथम,ओबामा दोष्रो र मोदी भए १५ औं शक्तिशाली ब्याक्तित्व

Read Time:3 Minute, 53 Second

राज्यसत्ता ,

न्यूयोर्क, कार्तिक २० – दोस्रो पटक पनि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली घोषित भएका छन् ।

क्रिमिया कब्जा, युक्रेनको द्वन्द्व र चीनसँग ग्यास पाइपालइन सम्झौताले फोर्ब्सको नजरमा पुटिन पहिलो म्बरमा परेका हुन् । विश्वकै पहिलो शक्तिशाली हुनबाट ओबामा तीन पटक पछि परेका छन् । दुई पटक पुटिन र एकपछक चिनियाँ राष्ट्रपति सि जिनपिङ पहिलो भए ।

शक्तिशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति ओबामा दोस्रो नम्बरमा परेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङ तेस्रो स्थानमा रहेको फोर्ब्सले जनाएको छ ।

पहिलोपटक फोर्ब्सको सूचिमा परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १५ औं शक्तिशाली भएका छन् । भारतकी शक्तिशाली नेतृ कांग्रेस आई अध्यक्ष सोनिया गान्धी भने सूचिबाटै हटेकी छन् ।

 

मोदीबारे फोर्ब्सले भनेको छ, ‘भारतका नयाँ रकस्टार बलिउडमा छैनन् । उनी नवनिर्वाचित प्रधानमन्त्री हुन् । जसले आम चुनावमा भारी जीतका साथ कार्यभार सम्हालेका छन् ।’

फोर्ब्सले मोदीलाई हिन्दू राष्ट्रवादी भएको बताएको छ भने सन् २००२ को गुजरात दंगामा उनी चिफ मिनिस्टर रहेको उल्लेख गरेको छ ।

७२ प्रभावशाली व्यक्तिमा भारतका रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी ३६ औं स्थानमा र उद्योगपति लक्ष्मी मित्तल ५७ औं स्थानमा छन् ।

narendra-modi

शक्तिशाली व्यक्तिको सूचिमा जर्मन चान्सलर एन्जेला मार्केल पाँचौ नम्बरमा परेका छन् भने माइक्रोसफ्त संस्थापक बिल गेट्स सातौं, गुगल संस्थापक ल्यारी पेज नवौं र मेक्सिकोका उद्योगपति कार्लोस स्लिम हेलुको परिवार चौधौं नम्बरमा छ ।

फेसबुक संस्थापक मार्क जुकेरबर्ग २२ औं नम्बरमा पुगेका छन् । उनी शक्तिशालीको व्यक्तिको सूचिको युवा श्रेणीमा पहिलो नम्बरमा छन्  कान्तिपुरले समचार छापेको छ ।

1. Vladimir Putin, President of Russia

2. Barack Obama, President of the US

3. Xi Jinping, General Secretary of the Communist Party of China

4. Pope Francis, Head of the Roman Catholic Church

5. Angela Merkel, Chancellor of Germany

6. Janet Yellen, Chair of the Board of Governors of the United States Federal Reserve System

7. Bill Gates, Co-chair of the Bill & Melinda Gates Foundation

8. Mario Draghi, President of the European Central Bank

9. Sergey Brin and Larry Page, Cofounders of Google

10. David Cameron, Prime minister of the United Kingdom

11. Abdullah bin Abdul Aziz Al Saud, King of Saudi Arabia

12. Warren Buffett, CEO of Berkshire Hathaway

13. Li Keqiang, Premier of China

14. Carlos Slim Helu, Honorary chairman of América Móvil

15. Narendra Modi, Prime Minister of India

16. Jeff Bezos, CEO of Amazon

17. Francois Hollande, President of France

18. Jamie Dimon, CEO of JPMorgan Chase

19. Ali Hoseini-Khamenei, Grand Ayatollah of Iran

20. Rex Tillerson, CEO of Exxon Mobil

21. Jeffrey Immelt, CEO of General Electric

22. Mark Zuckerberg, CEO of Facebook

23. Michael Bloomberg, CEO of Bloomberg

24. Charles Koch and David Koch, CEO and EVP of Koch Industries

25. Timothy Cook, CEO of Apple

 
 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %