मनोज घर्तीमगर
बाबु डिबी गुरुङको फिल्म अभिनयका ठूलो सोख छ ।
थुप्रै फिल्मका अभिनय गरिसकेका डिबीले छोरी सोविनलाई पनि यहि क्षेत्रमा क्रियाशिल देख्ने रहर गर्थे । नभन्दै १४ वर्षकै उमेरमा सोविनले त्यो लक्षण देखाइन् । ‘म्ही छ्याबा’ फिल्ममा अभिनय गरेपछि सोविनलाई पनि रमाउन मन लाग्यो । उनको अभिनयलाई उचाइ र सर्लक्क परेको जिउडालले पनि साथ दियो ।
त्यसपछि उनले एक पछि अर्को फिल्ममा अभिनय गरिन् । आसेबा, तारे ह्युल तोतम, पुन्टे साइला, च्हच्हमी, गेटपास, सुराक लगायतमा दमदार अभिनय गरेकी सोविन पछिल्लो पटक ‘अज्जुली’ मा जमिन् । नायिकाको भूमिमका जम्दा यहि फिल्मले उनलार्ई पहिलोपटक हङकङ उडायो ।
हङ्गकङ्गमा फिल्म प्रर्दशनपछि हौसिएकी उनी लगत्तै उनको अञ्जुली प्रर्दशनमा आउनेछ । सोविनको अभिनय खारिएपछि एकपछि अर्को अफर आइरहेका छन् । उनले दशैं तिहारपछि दुई वटा फिल्म खेल्न सहमति गरिसकेकी छिन् । ‘रहरमै फिल्म लाइनमा आएँ, अहिले यसमै जमेकी छु’ उनी भन्छिन् ।