साँस्कृतिप्रदान रैया

Read Time:1 Minute, 34 Second

मनोज घर्तीमगर  

मगर समुदायमा छोरी आठदेखि दस वर्ष भएपछि आमाले गुन्यूचोली र रैया (बाला) दिने चलन छ ।

  

आधुनिकाले खर्लप्पै पारेका बेला यो सँस्कृति बिस्तारै हराउन थालेको छ । मगर बुहल गाउँमा बाहेक अन्य क्षेत्रमा यस्तो सँस्कृति देख्न मुस्किल पर्छ । यही विÈयलाई उठान गरिएको फिल्म ‘रैया’ को छायाङ्कन पूरा भएको छ ।   पर्यटकीय नगरी पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मले मा मगर महिलाको परम्परागत गहनालाई जीवन्तता दिने प्रयास गरेको छ । ‘

सँस्कृतिलाई आधार बनाएको फिल्ममा स्वदेश प्रेम र युवायुवतीको प्रेमप्रसंगलाई पनि समेटिएको छ’ निर्देशक मेजन पुनमगरले भने ।

मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्ममा दुई नयाँ अनुहारका अशोक आले र प्रिया थापा मुख्य भूमिकामा छन् । यसअघि दुई मगर भाषाको फिल्म निर्देशन गरेका मेजन पुनले फिल्मको निर्देशन गरेका हुन भने डकुमेन्ट्री मेकर भिमबहादुर रानाको सहनिर्देशन छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %