मनोज घर्तीमगर
चौथो मिस तमुस्यो नेपाल २०१४ को १ महिने प्रशिक्षण शनिबार देखि शुरु भएको छ ।
मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका यो प्रतियोगिता नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गर्दैछ । एक महिना सम्म हुने प्रशिक्षण कार्यक्रममा प्रतियोगीहरुलाई मानवअधिकार,ट्राफिक सचेतना, लागुऔषध, नेपालको शैक्षिक अवस्था, पत्रकारिताको वत्र्तमान अवस्था, नेतृत्व विकास र उद्घोषणकला, सौन्दर्यता र महिलाको समाजीक कार्यमा सहभागीता, लगायतका विषयमा सिकाइने नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष तथा मिस तमुस्यो नेपाल २०१४ का संयोजक भुपाल तमुले बताए ।
मंसिर १३ गते पोखरा सभागृहमा फाइनल हुने उक्त प्रतियोगीमा विजेताले उपाधि, पुरस्कार सहित हङकङ्ग यात्राको अवसार पाउने भएको छ । मिस तमुस्यो नेपाल २०११ का विजेता नमिता तमुस्योले कोरियोग्राफी गर्दैछिन् । नमिता यस अघि मिस नेपाल, मिस मंगोल, मिस इकलेज लगायतका प्रतियोगीतामा सहभागी भई विभिन्न उपाधि हात पारिसकेकी अनुभवि हुन् ।
प्रतियोगी सम्पन्न गराउन अनलाइन पार्टनरका रुपमा जक्सन डट कम, रेष्टुरेन्ट एण्ड भेनु पार्टनरका रुपमा स्काई टच रेष्टुरेन्ट एण्ड बार, टेलिभिजन पार्टनर सगरमाथा टेलिभिजन, व्युटिपार्लर पार्टनर हङ्गकङ व्युटि कलेज रहेका छन ।
कार्यक्रममा बैदम केवल, अनुशिलन कला केन्द्र, थकाली गेष्ट हाउस पृथ्वीचोक, भिराइटी ग्राफिक्स सोलुसन लगायतको सहयोग रहेको छ ।