‘पुनलाई मगर हैनन् भन्नेहरु बहुला कुकुरले टोकेका हुन्’ भन्दा मनबीर गर्वुजाले के गुमाए

Read Time:6 Minute, 51 Second

नेपाल मगरसंघका संस्थापक कोषाध्यक्ष  गर्वुजाले पुन मगर हैनन् भन्नेहरुलाई बहुला कुकुरले टोकेका हुन् भनि राज्यसत्ता डटकममा अन्र्तवार्ता दिएपछि उनलाई हगंकगं बोलाइएन ।

 

पुनलाई मगरबाट छुट्याउनुपर्छ । पुन मगरको थर हैन जात नै हो भन्दै हिंड्ने पुन समाज नेपालका महासचिव खिमन शेर्पुजा यहि १ गते हगंकगं गई सोझा पुनहरुको दिमाग भुट्न खोज्दैछन् । उच्च स्रोतका भनाईमा शुरुमा पुन समाजका बरिष्ठ सल्लाहकार मनबीर गर्वुजा पनि त्यस कार्यक्रममा आमन्त्रित थिए तर नेपाल मगरसंघका संस्थापक कोषाध्यक्ष  गर्वुजाले पुन मगर हैनन् भन्नेहरुलाई बहुला कुकुरले टोकेका हुन् भनि राज्यसत्ता डटकममा अन्र्तवार्ता दिएपछि उनलाई हगंकगं बोलाइएन ।हगंकगंमा गर्वुजा र खिमनलाई राखी त्यहाँका पुनहरुले वास्तविक कुरा के हो छिनोपाmो गर्देथिए । यो कार्यक्रम पुन समाज हगंकगंले आयोजना गरेको हो । उनीहरुलाई हगंकगं लगि पुन कसरी मगर हैनन् भनि अन्र्तक्रिया गराइदैछ । कार्यक्रम पर्सी जनवरी १ मा हुदैंछ । यी खिमन तिनै हुन् जसले पुन मगर हैनन् भन्दै सोझासाझा पुनलाई मगरबाट अलग्याउने धुर्त राजनीति गर्दे हिडिरहेकाछन् । मगरबाट पुनहरुलाई छुट्याउन पुन समाज नेपालले सरकारसंग निवेदन नै हालेकोछ । त्यसबारे उनीहरुले नै बक्तब्यवाजी गरेको आधिकारिक दस्तावेज पढ्न यहाँ क्लिक गर्नुहोस् । केशर पुन चितवनका एक भूपू सैनिक जो हाल पुन समाज नेपालका अध्यक्ष पनि हुन् । केशर पुन र महासचिव खिमन पुन केहि भूपूहरुलाई उक्साएर बिखण्डनको राजनीति गरिरहेकाछन् । यी केशर लामो समयसम्म मगरसंघमा बसेर काम गरेका ब्यक्ति हुन्  । खिमन हाल माओवादी नजिक मानिएपनि यी नारायणर्सीह पुनको दलसम्बद्ध थिए, कुनैबेला ।

खिमनको थर शेर्पुजाले गत साल नेपाल शेर्पुजा मगर समाज खोलेकोछ । त्यो संस्थाको भनाइ अनुसार उनीहरुले आफुलाई पुन नै मान्दैनन् । उनीहरु मगर ठान्दछन्, आफुलाई । उता शेर्पुजाहरु पुन हैन भन्दै हिंडिरहेकाछन् संस्था नै दर्ता गरेर, यता खिमन भने पुन बनेर पुन समाज नै तहसनहस बनाउन लागिपरेकाछन् । खिमन र शेर्पुजा समाजको बैठक समेत बसेर यसबारे सल्लाह गरिसकिएको बताइन्छ । तर न खिमनले उनीहरुलाई कन्भिन्स गर्न सकेकाछन् न शेर्पुजा समाजले यीनलाई उता लैजान सकेकोछ ।

माओवादीको सरकारले ०६५ चैत ओम गुरुगंको अध्यक्षतामा ९ सदसीय आदिवासी जनजाति सूचीकरण उच्चस्तरिय कार्यदल बनाएर जनजाति भाँड्ने षड्यन्त्र गरेकोथियो । पुन फुटाउने यो डिजाइन पनि त्यहिबाट शुरु भएको हो । हामीलाई मगरबाट छुट्याइयोस् भन्दै बिन्ति बिसाउन जाने महानुभावहरुको नाम यस्ता छन् । दर्ता नं ६० मा राखिएको सरकारको गोप्य रेकर्डमा भएका तिनको क्रमसंख्या पनि तोकिएकोछ ।
क्रमसंख्या १४४ – केशर पुन चितवन,हर्कबहादुर पहरे पुन पोखरा,क्या. तुलवीर पुन पोखरा, मेजर चन्द्रबहादुर पुन पोखरा, पूर्णबहादुर पुन पोखरा
१५०- नरजंग पुन पोखरा
१६१- जसबहादुर तिलिजा म्याग्दी
१६२-बागवीर पाइजा म्याग्दी
१६३- कविता गर्बुजा म्याग्दी
१६८- होमलाल पुन म्याग्दी
१६९ -राजकुमार थापा मगर म्याग्दी
१७५- लालबहादुर थापा म्याग्दी
१७६ -मनप्रसाद थजाली म्याग्दी
१७७- नरबहादुरथापा म्याग्दी
१७८- देवबहादुर पुन म्याग्दी
१७९- थमबहादुर गर्वुजा म्याग्दी
१८० -प्रेमबहादुर पुन म्याग्दी
१८१ -मनबहादुर पुन म्याग्दी
१८१ -ठगबहादुर चाक्ली म्याग्दी
२२१ -पदम थापा अध्यक्ष नेमस बाग्लुङ्ग
२२२ -क्या देवबहादुर पुन बाँगलुङ्ग
२२३ -मनबहादुर पुन बाग्लुङ्ग
२२४ -लालबहादुर पुन बाग्लुङ्ग

समाजले आदिवासी जनजाति महासंघमा पनि छुट्टै सूचिकृत गरियोस भनेर माग राखिसकेको त्यसका अध्यक्ष राजकुमार लेखीले बताएकाछन् । मगर जस्तो ठूलो जातलाई टुक्रयाउन पाए राजनीति बलियो हुने ठानेका प्रमुख दलका उत्पिडक जातिहरुको  मतियार बनी ओमले त्यस्तो कदम उठाएकाथिए । त्यसै मेसोमा केहि पुनहरुले पनि आफुलाई छुट्टै सूचीकरण गरियोस् भनि माग राखेकाहुन् । त्यसबारे उनीहरुले सरकारसंग गरेका माग र सूचिपत्र हामी सार्वजनिक गर्दे जानेछौं । त्यसरी माग राख्नेमा प्रायश माओवादी समर्थित पुनहरु रहेको बताइन्छ । त्यसका सल्लाहकार मनबीर र डा चीन बहादुर पुनले यस्तो कार्यको राज्यसत्ता डटकम मै विरोध जनाइसकेकाछन्  ।

देशमा केहि नचलेपछि पुनलाई फुटाउन खोज्नेहरु विदेशमा रहेका सोझासाझा पुनलाई फुटाउन उद्दत रहेको पनि बताइन्छ ।तर यसरी केहि ब्यक्तिको स्वार्थमा छुट्टिने कुराको विश्वभरका पुन र मगर समूदायका टाठाबाठा र शुभचिन्तकहरुबाट विरोध भएकोछ । राज्यसत्ता डटकमले लामो समयदेखि त्यसबारेमा बहस चलाउदै आइरहेकोछ । तपाइ पनि यसमा सहभागी बन्न सक्नुहुनेछ ।

 


1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %