चिच्याएर बर माग्ने मेला (तिर्थयात्रा) आज बाट शुरु
देब पचभैया
पाल्पा – कार्तिक १७ – मुलुककै एकमात्र चिच्चाएर वर माग्ने चार दिने मेला पाल्पाको सत्यवती तालमा आजबाट शुरु भएको छ ।
कोलडाँडा – १ र ४ को बीच जंगलमा रहेको तालमा हरेक कार्तिक एकादशी देखि पुर्णीमा सम्म मेला लाग्दछ । जंगलको बीचमा रहेको ताल छेउमा बाँसको लिङ्गोमा पुजा गरेर तीन पटक घुम्दै चिच्चाएर बरमाग्ने चलन छ । यसरी चिच्चाएर बर माग्ने नेपालकै एक मात्र धार्मिकस्थल हो ।
धार्मिक महत्व कै कारण पाल्पा साथै रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यँहा मेला भर्न आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रनबिर गाहाले जानकारी दिए । बर माग्दा चिच्याउनु पर्ने हुदा युवा युवतीले मन पराएको संग बिहे गर्न पाउ, सौताको ज्यान जाओस, सरकारी जागिर पाम भन्नेहरुको आवाज धेरै सुनिने स्थानियले बताएका छन् ।
एउँटा कानले नसुन्ने वृद्ध आईमाई वाक्क भएर सत्यवती डाँडाको घनघोर जंगलमा तपस्या गर्दा भगवानको दया अनुग्रहले सिद्ध शक्ति प्राप्त गर्न सफल भएको भन्ने उक्ति छ । वृद्ध शरिर सोही तालमा सदाका लागी विलीन भएर अहिले पनि प्रेतआत्मा त्यही तालको सेरोफेरो घुमिरहेको आस्था र जनविस्वास छ ।
सत्यवती माईको दर्शन गर्न आईतबार बेलुकी देखि नै हज्जारौ भक्तजनहरु सिद्धार्थ राजमार्ग देखि पुर्वी भागमा रहेको डाँडाबाट करिव २ घण्टाको पैदल यात्रा गरेर पुगीसकेका छन् । त्याहा पुग्न राजमार्गको २४ माईल र झुम्सा, पानीमिलबाट उकालो चढ्नु पर्दछ ।
सत्यवती ताल व्यवस्थापन समितिले यस बर्ष पनि तिन लाख बढी भक्तजनले सत्यवती माईको दर्शन गर्ने अनुमान गरेको छ ।