राज्यसत्ता, २६ अक्टोवर, हंगकंग, मगर संघ हंगकंगले मंकीहिलमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट ५५ हजार हंगकंग डलर संकलन गरेको छ । अध्यक्ष चन्द्र ज्योति आले मगरका अनुसार मगर संघ हंगकंगले सदा बर्ष झै यस बर्ष पनि देउसी खेलेको र अहिलेसम्म देउसी र अन्य कार्यक्रमबाट संकलित रकम र दाताहरुको सहयोगमा जोर्डनमा कार्यलय कक्ष खरीद गर्न सफल भएको बताइन । मगर संघ हंगकंगले भर्रखरै मात्रै भवन खरीद गरी अफिस सरी सकेको छ ।
पुन मगर समाज हंगकंगका निबर्तमान अध्यक्ष राजु गर्बुजा पुन मगरले प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । पुन मगरहरु पनि मगर नै भएकोले यसमा पुन मगरहरुलाई भ्रममा नपर्न र अरुले जे भन्छ तेतै नहिड्न आग्रह गरेका थिए । हुन पनि अहिले नेपाल र युके मा पनि पुन मगर हौ र मगर होइनौं भन्ने दुई खेमा भैरहेको छ । तर पुन मगरहरुले एउटा कुरा के बुझौं भने अहिले मगरहरु मगर संघ भनेर जुन तरीकाले हिडिरेका छौं यो स्थितिसम्म मगरहरुलाई ल्याई पुर्याउने संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर थिए । त्यसैले अन्य थरीका मगरहरु अहिलेसम्म पुन मगरहको छत्रछाया र रेखदेखमा हुर्किरहेका छन । यो पुन मगरहरुको लागि गौरवको विषय हो । ब्यक्तिगत स्वार्थको लागि सीमीत ब्यक्तिहरु पुन मगर होइनौ भनेर हिड्छन भने त्यस्तालाई पुन मगरहरुले नै ठिक पार्नु पर्छ । पुन मगर होइनौ भन्दै हिड्ने खिमन पुन मगरलाई पनि राजु पुन मगरले हंगकंग ल्याएर पुन मगरको बारेमा अन्र्तरक्रिया गराएका थिए ।
संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए । महासचिब बोध विक्रम थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मगर संघलाई देउसीदान ५५ हजार डलर
Read Time:2 Minute, 32 Second