चितवन १५ पुस
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राजनीतिक निकास सहमतिबाटै हुने जिकिर गरेकाछन् ।
उनले माओवादी सहमतिको पक्षमा नदेखिएकाले समस्या आएको र सहमतिमा आउनसमेत आग्रह गरेकाछन ्।
नेता देउवाले राष्ट्रिय सङ्कट सुल्झाउन बिपीको मेलमिलाप नीति आवश्यक रहेको बताएकाछन ।
चितवनमा लोसार पर्वको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आज यहाँ आएका नेता देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
उनले राष्ट्रियताको रक्षाका लागि नेपाली काँग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेकोसमेत जानकारी दिए ।
राजनीतिक निकास सहमतिबाटै हुने जिकिर गर्दै उनले माओवादी सहमतिको पक्षमा नदेखिएकाले समस्या आएको र सहमतिमा आउनसमेत आग्रह गरेकाछन ्।
उनी चितवनमा भोलिदेखि हुने जागरण अभियानका विभिन्न कार्यक्रममा समेत सरिक हुने कार्यक्रम रहेको छ ।