बहराईनमा आदिबासि जनजाति महासंघ गठन हुने

Read Time:2 Minute, 33 Second

कृष्ण सारू मगर

मानमा , बहराईन , २५ अक्टोबर २०१४ – नेपालीहरूको महान पर्व शुभदीपावली २०७१ सालको सुखद उपलक्षमा मध्य पुर्वीय राष्ट्र बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापना भएका विशुद्ध जातिय संगठनहरूको भेलाले नेपाली आदिबासि जनजाती महासँघ तदर्थ समिति बहराईन गठन गर्नको लागी संयोजक समिति बनेकोछ । उक्त भेलाले तिहारको शुभकामना आदान प्रदान सहित मानमा स्थित सेवारो रेष्टुरेन्टको सभाहलमा भेला सम्पन्न गरेको थियो ।

 

नेपाल आदिवासी जनजाति महासंघ, बहराइन तदर्थ समिति गठनको लागी संयोजकमा तामाङ सेवा समाज, बहराइनका उपाध्यक्ष जयन्द्र घिसिङ्लाइ चयन गरिएकोछ । र अन्य सदस्यहरूको नामावाली यस प्रकारकोछ ।

(१) तामाङ सेवा समाज, बहराइनका उपाध्यक्ष जयन्द्र घिसिङ् — प्रमुख संयोजक   (२) किराँत याक्थुङ चुम्लुङ, बहराइनका सल्लाहकार, झहरमान थेवे — सदस्य

(३) मगर संघ , बहराइनका अध्यक्ष ,श्याम पुन मगर — सदस्य

४) किराँत राई यायोख्खाका अध्यक्ष,  नगेन्द्र चाम्लिङ् राई  — सदस्यमा चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा अमरजंङ गुरुङ ,कृष्ण सारु मगर,प्रल्हाद लिङ्देन,ज्योति घिसिङ् , रामकुमार लिङ्देन र रेशम पुर्जा मगर पनि समितिको सदस्यमा रहेका छन् ।

सोहि संयोजक समितिले आगामी कात्तिक २१ गतेका दिन तदर्थ समिति निर्माण गर्ने भएकोछ ।

सो भेलाको मुख्य उद्धेश्य भनेको माओबादीको दशवर्षे जनयुद्ध, २०६२/६३ को आदिवासि जनजातिको जनआन्दोलन, मधेस बादिको आन्दोलन उपलब्धीका रुपमा धर्मनिपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी लोकतन्त्र, अग्रगामी राज्य पुनः संरचनालाइ संरक्क्षण र  सहयोग पुर्याउन यो समिति निर्माण गर्न लागीएको सबैमा जानाकारी समेत गराइन्छ । 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %