बर्दिवास, १५ पुस
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको काममा एकीकृत नेकपा (माओवादी) का कारण अवरोध बढेको बताएकाछन ।
महोत्तरीको जलेश्वरमा आज आयोजना हुने मध्यमाञ्चलस्तरीय क्षेत्रीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा जलेश्वर आइपुग्नु भएका अध्यक्ष ठाकुरले सञ्चारकर्मीसँगको भेटमा सो कुरा बताएका हुन् ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ठूला दलहरु संविधान निर्माणका कुराभन्दा सत्ताको हानथापमा अल्झेकाले शान्ति प्रक्रिया र संविधान निर्माणको कामले गति लिन नसकेको अध्यक्ष ठाकुरको भनाइ थियो ।