बम सूर्यवंशीमगर,फोटो : अनीता राना मगर
पल्मस्तिद, लण्डन, १८ अक्टुवर २०१४ – बेलायत अधिराज्यभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढिरहेको सस्था मगर संघ यु केले कार्यालय संचालनको निमित आफनो भवन खरिद गरेको छ ।
(यहिहो मगर संघ यूकेको सबै भन्दा महगो भवन , जुन नेपाली ३ करोड रूपैया भन्दा बेसीमा खरिद गरिएको हो ।)
भवनलाई संचालन गर्नुकोलागि बचतको आवश्यकता परेको हुनाले यहि आउने २२ नोवेम्बर २०१४ शनिवारको दिनमा फेलाथाम लण्डनमा हाउजिङ्ग च्यारिटी डिनरको आयोजना गर्ने।भएकोछ । सो च्यारिटी डिनरको समकक्ष सल्लाह मगर संघ यू केले गर्यो । हाउजिङ्ग च्यारिटी डिनरको अवसरमा अनुदानदाताहरु, ऋणदाताहरुलाई बिशेष सम्मान गर्ने योजना रहेको छ ।
भाबी कार्यतालिका २८ फेब्रवरी २०१५ मा हुन गईरहेको नेपाल मगर संघको सांगठनिव पर्व मगर एकताको दिवस “फागुन १५ मगर दिवस” को बिषयमा व्यापक छलफल गर्यो । मगर संघ यु केका उपाधक्ष्य एव मगर दिवसका संयोजक नेम थापामगर र उपाधक्ष्य हिमाली रानामगरको बिशेष पहलमा मगर महिलाहरु र मगर युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मगर संघ यु केको भाबी कार्यतालिका अनुसार २० जुन २०१५ शनिवारको दिनमा ओपन कन्सर्ट हुने भएकोले नेपालबाट चर्चित कलाकार ल्याउनुकोलागि शाखा अध्यक्षहरुको बिशेष पहलमा ओपन कन्सर्टका संयोजक एवं उपाधक्ष्य राजेन्द्र रानामगर र संघका सास्कृतिक सचिव अनिता रानामगरहरुले कलाकारहरुको छनोट गरेका छन् ।
संघका अध्यक्ष दुत पुनमगरको अध्यक्षतामा महासचिव बम थापा सूर्यवंशीमगरले संचालन गरेका थिए भने खानपिनका व्यवस्थापन मगर संघ यु के पल्मस्तिदका शाखा अध्यक्ष बिसन सिँ थापामगरले गरेका थिए ।