सहमति नभए राजनीतिक विष्फोट ः थापा

Read Time:3 Minute, 48 Second

काठमाडौँ, १४ पुस
पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष स्ूर्यबहादुर थापाले राजनीतिक दलहरू दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा नआए मुलुकमा चाडै राजनीतिक विष्फोट हुने चेतावनी दिएका छन्

रिपोर्टर्स क्लब नेपालले शान्ति, सहमति र संविधान निर्माणको लागि दलहरूलाई दबाब दिने उद्देश्यले आज यहाँ आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले भन्नुभयोे – बेलैमा प्रमुख तीन दलले नसोच्ने हो भने राजनीतिक, सामाजिक र आर्थिक विकृतिले विष्फोटक रूप लिनेछ ।

उनले त्यस्तो विष्फोटले कसलाई कति क्षति पु¥याउँछ भनेर यकिन गर्न नसकिने बताए ।

सञ्चारकर्मीको त्यस्तो विष्फोटन कहिले र कस्तो हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष थापाले कुटनीतिक शैलीमा भन्नुभयो– विष्फोटले कस्तोस्वरूप लिन्छ भन्न नसकिए पनि यसले दलहरूलाई नै गम्भीर असर गर्छ, राजनीतिक विष्फोट भनेको टाइम बम जस्तो होइन, यसले कति क्षति हुन्छ भन्ने कुरा कुनै पनि राजनीतिज्ञले अन्दाज गर्न सक्दैन ।

अध्यक्ष थापाले मुलुकका सबै समस्याको बाधक भनेको दलहरूको स्वार्थ भएको दाबी गर्दै उनीहरूले स्वार्थ नत्यागेसम्म सहमति हुन नसक्ने ठोकुवा गरे । उनले भने –दलहरू यतिबेला राष्ट्रिय हितलाई भन्दा आफ्नो दलीय र व्यक्तिगत स्वार्थमा लागेका कारण विकृति र समस्या बढ्दै गएको छ ।

संसद्का तीन ठूला दल माओवादी, काँग्रेस र एमालेले राष्ट्रिय स्वार्थलाई मात्रै हेरेर अघि बढे पन्ध्र मिनेटमै सहमतिको आधारमा मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ भन्दै अध्यक्ष थापाले भने– आफ्नो कमजोरी लुकाउन ठूला दल एक अर्काका कमजोरी र खोट कोट्याउनमा ब्यस्त छन् ।

उनले हालको राजनीतिक अस्थितरतालाई ठिक ठाउँमा ल्याउन मुलुकमा रहेका प्रजातान्त्रिक संस्था र राजनीतिक दलहरूबीचको एकता हुनुपर्नेमा जोड दिए ।

माओवादी अध्यक्ष प्रचण्डले बाम एकताको कुरा अघि बढाएको बेला बृृहत् प्रजातान्त्रिक मोर्चाको खाँचो झन बढेर गएको छ भन्दै उनले त्यस्तो प्रजातान्त्रिक मोर्चामा प्रजातान्त्रिक दलको हैसियतले काँग्रेसका साथै एमाले र अन्य मधेसवादी दलहरू पनि समाहित हुने दाबी गरे ।

प्रधानमन्त्रीका एक्ला प्रत्यासी रामचन्द्र पौडेलको उम्मेदवारी कायमै रहेको जनाउँदै थापाले भने त्यसको छिनोफानो सहमतिबाटै हुनुपर्छ ।

राजदरवारका पूर्व सैनिकसचिव पूर्व रथी बिबेक शाहद्धारा लिखित पुस्तक मैले देखेको दरबार को कुनै अर्थ नरहेको टिप्पणी समेत गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %