देब पचभैया
पाल्पा, असोज २२ – युकेमा बस्ने गुम्बेलीहरुको सहयोगमा पाल्पाको बौघागुम्बामा कालिकादेबी मन्दिर निर्माण भएको छ ।
झण्डै ११ लाखमा निर्माण सम्पन्न भएको मन्दिरलाई युकेमा बस्ने गुम्बेलीहरुले मात्रै १० लाख भन्दा धेरै सहयोग गरेका छन् । बौघागुम्बाको वडा नम्बर ४ भैसीडाडामा निर्माण भएको मन्दिरको मंगलबार बिशेष कार्यक्रम गरी पुर्ब प्रहरी महानिरिक्षक कुवेर सिंग राना मगरले उद्घाटन गरे ।
मन्दिर उद्घाटन पछिको कार्यक्रममा बोल्दै युके बौघागुम्बाका सदस्य रिखिराम राना मगरले आफुहरुलाई गाउको निकै माया लागेको र गाउमा मन्दिर बनाउनको लागी सहयोग गरेको बताए । युकेमा बस्ने गुम्बेलीहरुले स्वईच्छिक रुपमा दिएको सहयोग संकलन गरेर मन्दिरलाई सहयोग गरेको राना मगरले बताए ।
मन्दिर निर्माणको लागी स्थानिय गाउलेहरुले पनि ४ लाख बढी सहयोग गरेका छन् ।
मगर होम स्टे रहेको गुम्बामा हालै निर्माण सम्पन्न भएको कालिका देबी मन्दिरले थप पर्यटकहरुलाई आर्कषण गर्ने स्थानियहरुले आसा राखेका छन् ।
मंगलबार गुम्बामा लागेको कोजागत पुर्णीमा मेलामा बिबिध सास्कृतिक कार्यक्रम पनि रहेको थियो ।