चक्रदेविले उपाधि चुम्यो

Read Time:3 Minute, 18 Second

विनोद रखाली मगर

गल्याङ् , असोज २१ – सगरमाथा युवा क्लव पकवादी ६, लाखँ डाँडाको आयोजनामा विजयादशमी तथा शुभदिपावलीको अवशरमा आयोजित क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि सिर्सेकोटमा रहेको चक्रदेवि युवा क्लवले हात पारेको छ ।

उसले उपाधि सङ्गै नगद रु.२० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको हो । उपविजेतामा चित्त वुझाउदै इनरजेटिक युवा क्लवले नगद १२ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो । यता तृतीय स्थानमा सगरमाथा युवा क्लवले आफ्नो स्थान सुरक्षित गर्दै नगद ७ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । जम्मा २४ क्लवको सहभागिता रहेको उक्त कार्यक्रममा चक्रदेवि युवा क्लवका राम डाला मगर सर्वोकृष्ठ खेला घोषित भए भने सगंम युवा क्लव वालिङ् पेखुका दुर्गा दर्लामी मगर अनुशासित खेलाडी घोषित भएका थिए । उनीहरुले ट्रफि , मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमको समापन गर्दै सविंधानसभाका पूर्व सदस्य मोहन पाण्डेले खेलकुुदको क्षेत्रमा मात्र नभई राष्ट्र निमार्णमा युवाहरुको भुमिका अतुलनिय रहेको चर्चा गर्दै समयमै लोकतान्त्रिक सविंधान निमार्ण हुनेमा दलहरु क्रियाशिल रहनुपर्ने तर्फ जोड दिए । कार्यक्रममा नेपाली कङ्ग्रेस स्याङ्जा जिल्ला कोषाध्यक्ष मधुसुधन गैह्रे , नेपाल कफी व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्याम भण्डारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गुरु भट्टराई, पूर्व केन्द्रीय सदस्य युवराज पाण्डे , नेपाली कङग्रेस पकवादि गाविसका सभापति हरिलाल खनाल , मालु्ङ्गा गाविसका सभापति शालिकराम वस्याल, तिनदोवाटे गाविसका सभापति भेक प्रसाद श्रेष्ठ लगाएतले वोलेका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भलिवलको माध्यम मार्फत महत्वपूर्ण भुमिका निर्वाह गरेका राष्ट्रिय भलिवल रेफ्रि केशभक्त गुरुङ् सम्मानित भएका छन् । उनलाई सम्मानपत्र , दोसल्ला सहित सम्मान गरिएको थियो । गुरुङ् यस अघि विभिन्न संघ सस्ंथामार्फत सम्मानित भैसकेका छन् ।

पदम सारु मगरको स्वागत सगैं सुरु भएको समापन कार्यक्रममा ऋषि भण्डारीको सन्चालन र क्लवका अध्यक्ष थर्क सारु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %