स्याङ्जा जनसेवा समिति हङकङद्धारा सम्मान !

Read Time:4 Minute, 9 Second
मुक काजी गुरुङ, हङकङ
०२ अक्टोबर २०१४ का दिन स्याङ्जा जनसेवा समिति हङकङले एक रात्री भोजको आयोजना गरि भेट्घाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।
गत ०१ अक्टोबर २०१४ का दिन सहारा क्लब हङकङद्वारा आयोजित सहारा सांझ-२ मा युकेबाट आमन्त्रित स्याङ्जाली (सहारा युकेका अध्यक्ष) नवीन गुरुङ, कान्तिपुर पत्रिकाका पत्रकार शिव शर्मा र लोक दोहोरी गायिका इन्द्र गुरुङ लगायत गैर स्याङ्जाली ब्यक्तित्वहरु राष्ट्रिय महिला भलिबल खेलाडी तथा नायिका सिपोरा गुरुङ, चर्चित गायिका अन्जु पन्त, गायक यश कुमार, अन्नपूर्ण एफ एमका पत्रकार दिपेन्द्र श्रेष्ठ र वरिष्ठ फोटो पत्रकार शुदर्सन रञ्जितलाई स्याङ्जा जनसेवा समिति हङकङले सम्मान गरेको हो ।
समितिका अध्यक्ष कोमल (स्याङ्जाली कान्छा) गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा युके सहारा क्लबका अध्यक्ष नवीन गुरुङलाई प्रमुख आतिथ्य प्रदान गरिएको थियो भने पत्रकार शिव शर्मा र लोक दोहोरी गायिका इन्द्र गुरुङलाई बिशेष आतिथ्य प्रदान गरिएको थियो । यसैगरि सिपोरा गुरुङ्लाई पनि मञ्चमा अतिथिको रुपमा आसिन गराएका थिए । अन्य सहारा सांझ-२ मा आमन्त्रित कलाकार तथा पत्रकारहरुलाई पनि यथास्थानमा नै आतिथ्य प्रदान गरिएको थियो ।
समितिका प्रवक्ता तथा पत्रकार मुक काजी गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए ।
स्वागत मन्तब्य पश्चात कान्तिपुर पोखराका पत्रकार शिव शर्मा, राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ लगायत सहारा युके का अध्यक्ष नवीन गुरुङले बोलेका थिए । बोल्ने क्रममा वक्ताहरुले सहारा क्लब हङकङद्वारा आयोजित सहारा सांझ-२ मा आएर पनि स्याङ्जाबासीहरुको माया र सम्मान पाउंदा ज्यादै नै खुशी लागेको बताए र हङकङका स्याङ्जाबासीहरुको माया र सम्मानलाई कहिल्यै नभुल्ने पनि बताए भने अध्यक्ष कान्छा गुरुङले स्याङ्जा जनसेवा समिति हङकङले आयोजना गरेको कार्यक्रममा उपस्थित स्याङ्जाबासीहरु लगायत सहारा सांझ-२ मा आमन्त्रित कलाकार तथा पत्रकारहरु लगायत सहारा युकेका अध्यक्ष जस्तो ब्यक्तित्वहरुले स्याङ्जा जनसेवा समिति हङकङको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर कार्यक्रममा उपस्थित जनाई दिनु भएकोमा धन्यवाद ब्यक्त गरे र छोटो समयमा तय गरेको कार्यक्रम भएको हुंदा उल्लेखनीय मात्रामा स्याङ्जालीहरुको उपस्थिति हुन नसकेको पनि बताए ।
कार्यक्रममा समितिका अध्यक्ष लगायत पदाधिकारीहरुले कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा कलाकार र पत्रकारहरुलाई खादा लगाई सम्मान गरे भने मायाको चिनो पनि प्रदान गरे । कार्यक्रम याउ मा तेई स्थित नेपाली कर्नर (स्याङ्जाली कान्छा) को रेष्टुरेन्टमा भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %