राम कुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको आगामी डिसेम्बर १ मा छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), सानु घिमिरे (अस्ट्रेलिया), सुरेन्द्र लिम्बू परदेशी (भारत), बिमल गिरी (बेल्जियम), बिकल आचार्य (वेलायत), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), डा लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) रहनु भएको १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा तपसिलका सीमामा रहेर अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गर्ने भएको छ: १- रचना आगामी नोभेम्बरको पहिलो हप्ताभित्र प्राप्त हुनुपर्नेछ ।
२- महोत्सवमा प्रतियोगी वा अप्रतियोगी २ खालको कविता समाहित गरिने छन । प्रतियोगी कविता ५०० शव्दमा नबढाई प्रस्तुत हुनु पर्ने (फाइल टेक्स्ट र अडियो गरी दुवै फर्म्याटमा उपलब्ध गराउनु पर्ने छ । त्यसकोलागी mksnepal@yahoo.com र omram2002@gmail.com इमेलमा पठाउन सकिने छ ।
3- अडियो फाइलमा कविता मात्रै र टेक्स्ट फाइलमा कविता र रचनाकारको सामान्य परिचय, संपर्क ईमेल र टेलिफोन नम्बर हुनु पर्नेछ । रचनाको साथमा रचनाकारको फोटो पनि संलग्न हुनु पर्नेछ ।
४- तीन सदस्यीय निर्णायक मण्डलमा बरिस्ठ साहित्यकार डा. कविताराम श्रेष्ठ (वेलायत), कृष्णप्रकाश श्रेष्ठ (रसिया), र दामोदर पुडाशैनी (नेपाल) रहनु हुनेछ |
५- उत्कृष्ठ १० कविताका रचनाकारलाई नेपालामा आयोजना गरिने बिशेष कार्यक्रममा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको लागि सुमन खरेल (रसिया) को मूल संयोजकत्वमा बिकल आचार्य (वेलायत), सानु घिमिरे (अस्ट्रेलिया), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत) रहेको आर्थिक समिति गठन गरिएको छ ।
बुटवलबाट सन्चालित रेडियो खस्यौलीले साहित्यिक महोत्सब कार्यक्रम प्रसारण गर्नेछ र त्यस वरिपरिका केही रेडियोहरुले ऐक्यबद्धता जनाउनेछन । साथै अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियोले ऐक्यबद्धता जनाउनेछ आफ्नो नियमित कार्यक्रम स्थगित गर्दै यस्लाई प्राथमिकता दिएर । ऐक्यबद्धता जनाउन चाहने रेडियोहरुलाई समयमा नै संपर्क गर्नु हुन यसैलाई सूचनाको रुपमा सूचित गरिन्छ ।
