राम कुमार श्रेष्ठ

१- रचना आगामी नोभेम्बरको पहिलो हप्ताभित्र प्राप्त हुनुपर्नेछ ।
२- महोत्सवमा प्रतियोगी वा अप्रतियोगी २ खालको कविता समाहित गरिने छन । प्रतियोगी कविता ५०० शव्दमा नबढाई प्रस्तुत हुनु पर्ने (फाइल टेक्स्ट र अडियो गरी दुवै फर्म्याटमा उपलब्ध गराउनु पर्ने छ । त्यसकोलागी mksnepal@yahoo.com र omram2002@gmail.com इमेलमा पठाउन सकिने छ ।
3- अडियो फाइलमा कविता मात्रै र टेक्स्ट फाइलमा कविता र रचनाकारको सामान्य परिचय, संपर्क ईमेल र टेलिफोन नम्बर हुनु पर्नेछ । रचनाको साथमा रचनाकारको फोटो पनि संलग्न हुनु पर्नेछ ।
४- तीन सदस्यीय निर्णायक मण्डलमा बरिस्ठ साहित्यकार डा. कविताराम श्रेष्ठ (वेलायत), कृष्णप्रकाश श्रेष्ठ (रसिया), र दामोदर पुडाशैनी (नेपाल) रहनु हुनेछ |
५- उत्कृष्ठ १० कविताका रचनाकारलाई नेपालामा आयोजना गरिने बिशेष कार्यक्रममा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको लागि सुमन खरेल (रसिया) को मूल संयोजकत्वमा बिकल आचार्य (वेलायत), सानु घिमिरे (अस्ट्रेलिया), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत) रहेको आर्थिक समिति गठन गरिएको छ ।
बुटवलबाट सन्चालित रेडियो खस्यौलीले साहित्यिक महोत्सब कार्यक्रम प्रसारण गर्नेछ र त्यस वरिपरिका केही रेडियोहरुले ऐक्यबद्धता जनाउनेछन । साथै अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियोले ऐक्यबद्धता जनाउनेछ आफ्नो नियमित कार्यक्रम स्थगित गर्दै यस्लाई प्राथमिकता दिएर । ऐक्यबद्धता जनाउन चाहने रेडियोहरुलाई समयमा नै संपर्क गर्नु हुन यसैलाई सूचनाको रुपमा सूचित गरिन्छ ।