लिरामुमो हङकङको अध्यक्षमा इन्द्र लोक्सम

Read Time:3 Minute, 36 Second

अमिना शेर्मा लिम्बु 

हङकङ, २९ सेप्टेम्बर २०१४ – नेपाल प्रवास समिति हङकङको अध्यक्षमा इन्द्र लोक्सम चयन भएका छन् । प्रवास समिति हङकङको आइतवार विहान वसेको वैठकमा निर्वतमान अध्यक्ष रविन लिङदेनले राजिनामा दिएपछि रिक्त रहेको पदमा निवर्तमान सचिव इन्द्र लोक्सम सर्वसहमतीले चुनिएका थिए ।

 

निर्वतमान अध्यक्ष रविन लिङदेन गत ७ सेप्टेम्बरमा एनेकपा (माओवादी) हङकङको अध्यक्ष पदमा निर्वाचित भए पछि लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास समिति हङकङको वैठक डाकेर आफ्रनो मोर्चाको अध्यक्ष पदबाट राजिनामा दिए । 
राजिनामा दिए सगैं पार्टी अध्यक्ष रविन लिङदेनले एनेकपा (माओवादी) हङकङको मुख्य जिम्मेवारी पाएकोले हङकङ स्थित सवै मोर्चा र पार्टी संग आवद्ध विभिन्न संघसस्थाहरुको जिम्मेवारी लिनु पर्ने अवस्था आएकोले मोर्चाको अध्यक्षबाट राजिनामा दिनु परेको वताए । उनले मोर्चाको केन्द्रिय सदस्य र पार्टी हङकङ शाखाको अध्यक्षमा रहेर नेपाली कम्युनिष्ट आन्दोलनको जगबाट प्राप्त नेपाली पूँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने बाटोमा इमान्दार साथ लाग्ने वताए ।
त्यस्तै, मोर्चाको अध्यक्ष इन्द्र लोक्समले सर्वसहमतिमा चुनिएपछि मोर्चामा आफु इमान्दार साथ सवै साथिहरु संग, मार्चाको पदाधिकारीहरु संग र केन्द्रीय मोर्चा तथा पार्टी संग सरसल्लाह गर्दै मोर्चालाई अगाडी वढाउने वताए । 
मोर्चाको निवर्तमान सचिव अध्यक्ष पदमा सर्वसहमतीले चयन भएपछि रिक्त रहेको सचिव पदमा सचिवालय सदस्य मौसम इम्बुङ सचिव पदमा सर्वसहमितिमै चुनिएका छन् । धेरै संघ सस्थामा परिचित सचिव मौसम इम्बुङले हङकङको मोर्चामा रहेर आदिवासी जनजातिको हकहितको लागि राजनैतिक चेतनाको लागि आफुले काम गर्ने वताए । चलचित्र डाइरेक्टर समेत रहेका इम्बुङले नेपाली सिने जगतमा आदिवासी चलचित्रलाई वास्ता नगरिएको वताउदै राजनैतिक चेतान चाहिने वताए । सवै काममा आफु निरन्तर लागि पर्ने इम्बुङले वताए ।
मोर्चाको अर्का उपाध्यक्ष हस्त लिवाङले समेत राजिनामा दिएको छन् ।
 
केन्द्रीय सदस्य समेत रहेका निवर्तमान उपाध्यक्ष लिवाङले आफु केन्द्रिय समितिमा रहेर काम गर्नुपर्ने र पार्टीले दिएको जिम्मेवार वहन गर्ने भनि राजिनामा दिएका थिए । उपाध्यक्षको राजिनामा पछि लिवाङ केन्द्रिय सदस्यको हैसियतमा काम गर्ने वताएका छन् ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %