राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ ः ओली

Read Time:1 Minute, 8 Second

    विराटनगर, १२ पुस

नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुकमा अहिले देखिएको सरकार विहीनताको अवस्थालाई हटाउन राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका भ छन ।

    विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको सक्षिप्त कुराकानीको क्रममा आज उनले      यस्तो कुरा बताएका हुन् ।

    उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताउँदै दलहरूबीच समझदारी भएमा अन्य पार्टीको नेतृत्वमा बन्ने सरकार पनि स्वीकार्य हुने बताए ।

    एमाले नेता ओलीले एकीकृत नेकपा (माओवादी)बाट लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता नआएसम्म उसको नेतृत्व स्वीकार गर्न नसकिने भन्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने भएमा मात्र प्रधानमन्त्रीको नाम किटान गर्न सकिने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %