राज्यसत्ता ,
लन्डन ,२७ सेप्टेम्बर २०१४ – अब बन्ने नयाँ सम्बिधानमा नागरिकता सम्बन्धी बिषयमा गरिन लागेको निर्णय प्रती ब्रिटिश गोरखासैनिकहरुले आपत्ती जनाएका छन ।
संबिधान सभा अन्तर्गत, सम्बैधानिक, राजनैतीक सम्बाद तथा सहमती समितिको आश्विन १० गते सम्पन्न बैठकले गोरखाहरुलाई एनआरएनले प्राप्तगर्ने राजनैतीक अधिकार बेगरको बिशेष नागरिकता दिने सहमती भएको जनाएको छ , उक्त समितिले नागरिकताको हक सम्बन्धमा विभिन्न निर्णयहरु पारीत गरेको जनाएको छ ।
ब्रिटेनमा कार्यरत गोर्खाली सैनिकहरुलाई राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सहितको नागरिकता दीने , समान कामको लागि समान पारिश्रमिकको लागि नेपाल सरकारले १९४७ को त्रिपक्षिय सन्धि अनुसार पहल गर्ने,नागरिकताको बिबादित बिसय मध्य आमा र बुवा कि आमा (वा) बुवा भन्ने बिसयमा पनि उपसमितिमा सहमति जसमा अन्तिरीम संबिधानको धारा १ (क) को आमा र बुवा यथावत रहने तर उपधारा ६ मा उल्लेख भएको आमा (वा) बुवाले समेट्ने गरी सहमति ,आमा र बुवा भनेर लेखिए पनि आमा र बुवा नेपाली बंशजको नागरिक रहेछ भने आमा वा बुवाबाट पनि लैङ्गिक पहिचान सहितको नागरिकता लिना पाउने सहमति , बिदेसी नागरिक बुहारी र बिदेशी नागरिक ज्वाँईहरुलाई दिइने अङ्गिक्रित नागरिकता बारेमा सहमति हुन नसकेको जनाएको छ ।
नयाँ बन्ने प्रबधान अनुसार बाबु र आमा नै नेपाली नागरिक वाहक हुनु पर्ने नियम लागु हुने छ भने यदी बाबु आमा नेपाली हुँदा हुँदै पनि दुई जना मध्य एक जनाले बिदेशी नागरिकता ग्रहण गरेको खन्डमा सन्तानले नेपाली नागरिकता पाउने छैनन ,यसको सबै भन्दा ठुलो नोक्सान गोर्खा सैनिक र तिनका सन्ततिहरुमाथि दिर्घकालिन रुपमा पर्ने निस्चित छ । बा वा आमा एक जना नेपाली नागरिक वाहक हुँदा हुँदै पनि आउने शन्ततिले वन्सजको आधारमा नेपाली हुन पाउने नागरिक अधिकार गुमाउने छन ।
ब्रिटिश गोर्खाहरुलाई दिन लागेको विना अधिकारको परिचय पत्र र एन आर एन लाई दिन लागेको एकै हुनुले ब्रिटिश गोर्खाहरु माथि नेपाल सरकारको भेद भाव झन छर्लङ पारेको बेलायतमा कार्यरत गोर्खाहरु बताउछन । उनीहरु १९४७ को त्रिपक्ष सन्धी अनुसार बेलायत र नेपाल सरकारसँग प्रतक्ष्य सम्बन्ध राख्ने कर्मचारी भएको नाताले अन्य जसरी बिभिन्न बहानामा नेपाल त्यागेर बिदेश पलाएन नभएको उनिहरु बताउछन । बेलायतले उनिहरुको बहादुरी र इमान्दारितालाई कदर गर्दै बेलायतको नागरिकता लिन इछुकहरुलाई त्यसको व्यवस्था पनि गरेकोले उनिहरुले नेपालको नागरिकता पनि कायम हुन पाउनु पर्ने उनिहरुको माग हो भने उता नेपाल सरकार चाँही जबर्जस्ती विनाअधिकारको परिचयपत्र झुन्दाउन दिएर गोर्खाली हरुको अपमान गरेको बताउछन । यही तितो समाचार प्रती आपत्ती जनाउदै ब्रिटिश गोर्खाद्वारा यस्तो भेद भाव बिरुद्ध जस्तो सुकै कदम चाल्न पनि पछी नहट्ने सन्तोष थलङ (लिम्बू) ले ईमेल सर्कुलेट गरेका छन् ।
हेर्नुहोस् जस्ताको तस्तै:
संबिधान सभा अन्तर्गत, सम्बैधानिक, राजनैतीक सम्बाद तथा सहमती समितिको २५ सेप्टेम्बरमा सम्पन्न बैठकले गोरखाहरुलाई एनआरएनले प्राप्तगर्ने राजनैतीक अधिकार बेगरको दोहोरो नागरिकता दिने सहमती भएको समाचारले हामीलाई नेपाल सरकार र नेपाली नेताहरुको गोरखाहरुलाई हेर्ने दृष्टिकोण प्रती गम्भिरहुन वाध्य बनाएकोछ । हामीले गत सन २०१० देखी अनवरतरुपमा नेपाल सरकारलाई र नेपाली नेताहरुलाई लिखित, मैखिक रुपमा भनीरहेकाछौं कि, हामी एनआरएन होइनौं । हामी तीन देशको त्रिपक्षिय सन्धी अन्तर्गत बेलायती राष्ट्रिय सेनामा पठाइएका हौं ।
गोरखाहरु नेपाली नागरिकता बाह्क नेपालीहौं। नयाँ नेपाली नागरिकता मागेको होइन । प्राप्त नागरिकता कायम रहने सुनिश्चितता मात्र खोजेका हौं । गोरखाहरुले बेलायत बाट प्राप्त नागरिकता कुनै सर्तमा दीईेको नभै राष्ट्रिय उत्कृष्ट सैन्यसेवा गरेबापत सम्मान स्वरुप दिईेको “सम्मानार्थ नागरिकता” हो । गोरखाहरु सतप्रतिसत नेपालमा चल अचल सम्पत्ति ब्यापार धन्दा भएका नेपाली हौं।
त्यसर्थ गोरखाहरुलाई बिदेशमा बसोवासगर्ने नेपाली भाषी नेपालीहरुले पाउने सोसरहको नागरिकता मात्र दिने ब्यावस्थागर्नु अपमान गर्नुहो । अत: गोरखाहरुलाई प्राप्त नागरिकता यथावत रहने र हाम्रा सन्ततिहरुले बंशजका आधारमा नेपाली नागरिकता प्राप्तहुने ब्यावस्था निर्माणाधिन संबिधानमा नभए, नगरिए सम्म हाम्रो आन्दोलन रोकिने छैन। यदी नेपाल सरकारलाई नेपाल बन्द, चक्काजाम, तोड्फोड, घेराउ जस्ता उग्र आन्दोलन बाटमात्र बिषयको गम्भिर्यता बोधहुन्छ भने, त्यस्का लागि पनि हामी तत्परछौं ।
यसर्थ, सम्पूर्ण गोरखा दाजुभाइ दिदिबहिनीहरु यो हाम्रो अस्तित्वको लडाईंमा कम्मर कस्सेर उठ्नुस्, आफ्नो अधिकार आँफै खोज्नुपर्छ । यदी मौका चुक्यो भने परिस्थिती जटिल बन्नसक्तछ, र हाम्रा भावीसन्तती को अस्तित्व खतरामा पर्न सक्तछ ।जय गोर्खा !