अधिवेशन वोलाउन कांग्रेस र एमाले छलफलमा

Read Time:1 Minute, 44 Second

    कामठाडौँ, १२ पुस

नेपाली काँग्रेस र नेकपा एमोलका नेताहरूबीच व्यवस्थापिका–संसद्को नियमित अधिवेशन बोलाउने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

    नियमित अधिवेशन बोलाउने सम्बन्धमा प्रधानमन्त्री माधवकुमार नेपालले नेकाका नेताहरूलाई छलफलका लागि डाक्केका हुन् ।

    नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्रीले संसद्को नियमित अधिवेशन चाँडै नै बोलाउने वताएको जानकारी दिए ।

    माओवादी लडाकूलाई व्यावहारिकरूपमै विशेष समिति मातहत ल्याएर समितिलाई साधन, स्रोत र जनशक्ति सम्पन्न पार्न एनेकपा माओवादीले आनकानी गरेको पनि नेता महतले दिए ।

    “विधिवत्रूपमा लडाकूलाई विशेष समितिअन्तर्गत ल्याउने भनेपछि साधन, स्रोत र जनशक्ति बढाउन र व्यावहारिकरूपमै समिति मातहत ल्याउन माओवादीले ढिलाइ गरेको छ,” छलफलपछि डा महतले भने ।

    वार्तामा प्रधानमन्त्री नेपाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र एमालेका नेता एवम् गृहमन्त्री भीम रावल सहभागी थिए ।

    नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा रामशरण महत र कृष्ण सिटौला सहभागि थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %