के धर्म र संस्कृतिको नाउँमा पशुबलि दिनु ठिक हो ?!
“सम्पूर्णा प्राणीहरू मृत्युदेखि डराउँछन् , दण्ड भयदेखि भयभीत हुन्छन् ,
त्यसैले हामी आफूलाइ उपमा बनाइ प्राणीप्रति दानबीय होइन, मानवीय ब्याबहार गरौ ।”
दशै बिषेश लेख
नेपालमा मुख्य गरेर हिन्दू र बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाईन्छ । यहाँ मुश्लिम ,ईशाई र अन्य धर्मवलम्बीहरु पनि छन् । बर्तमान नेपालमा सबै धर्मलम्बीहरु एक आपसमा मिलेर शहिष्णुपूर्बक नै आज सम्म बसेकै छन् । यहाँ अहिलेसम्म धर्मको नाममा कुनै कलह – झैझगडा भएको छैन । सबैले आ – आफ्नो धर्म अनुसार चाँड पर्बहरु मान्दै छन् । बर्तमान नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भैसकेकोलाई नै सबै नेपालीहरुले स्वीकार गरिसकेका छन् । यसर्थमा राज्यले कुनै एक धर्मलाई काखा र पाखा गर्न मिल्दैन । राज्य सरकारको लागि सम्पूर्ण देशका नागरिकहरु सम्मान हुन्छन् । धार्मिकस्वतन्त्रता अनुरुप प्रत्येक नागरिकले स्वेच्छाले आ – आफ्नो धर्म अनुसार जीवन यापन एबं बाँच्न पाउनु पर्दछ ।
नेपालमा अझैपनि दशैलाई ठूलो चाँडको रुपमा राज्यले मान्यता दिएको छ । यो चाँडपर्बमा नेपालको सबैजसो शक्ति पीठहरुमा परेवा , हांस , कुखुरा देखि भेडा , च्याँग्रा , बोका , राँगो आदि लाखौ संख्यामा हरेक बर्ष बलि दिन्छन् । धर्मको नाममा पसुहिंसालाई अझै पनि शुभकार्य मानिन्छ , तर यो धर्म हो , पापकर्म हो या के हो ? बिचारणीय पक्ष छ । निरपराध पशुको निर्मम हत्या , धर्म प्राप्तिको नाउँमा बलि दिएर यर्थाथमा कहिल्यै पनि धर्मपुण्य प्राप्त हुन सक्दैन भने त्यसरी धर्मपुण्य प्राप्त भयो भनि कसरी स्वीकार गर्ने ? धर्मशास्त्र अनुसार त प्राणीको सेवा गर्नु पनि धर्म – पुण्य कार्य नै हुन् भने अरुलाई दु:खकष्ट पीडा दिनु , हिंसा गर्नु पापकार्य हुन । निर्दोष प्राणी पशुलाई तथाकथित अन्धबिश्वास धर्मको नाममा काटमार गरेर बलि दिनु २१ औ शताब्दीका बिबेकशील , सभ्य मानव जातिको लागि शोभनीय छ कि छैन ? धार्मिक अन्धता – मूर्खतापूर्ण काम हो कि होईन ?
कुनै पनि धार्मिक वा सांस्कृतिक रुपमा मनाईने चाँडपर्बमा कुनैपनि देवीदेवताले स्वयं मलाई पशुबलि देउँ भनि भक्तहरुलाई अर्हाएका हुदैनन् । तर पनि भक्तको नाउँमा अबिबेकी , चलाक – धुर्त मनोबृत्तिका कारण मानीसले आफ्नो स्वार्थ पूर्तिका लागी पशुहिंसा तथा बलिप्रथालाई अँगाली त्यसको सम्पूर्ण दोष प्रभुकै टाउँकामा थोपारिदिने चलन अध्वधी रहिरेको छ । यस्तो दानबीय प्रबृत्तिमा परिबर्तन सोंच आबश्यक छ । तसर्थ हामीले धर्मको नाउँमा पसुबलि,पसुहिंसा होईन , बरु कुनै पनि प्राणीप्रति मैत्रीयुक्त ब्याबहार गर्न सकेमा धर्म र सस्कृतिको नाउँमा गरदिै आईरहेको जीबहिंसालाई बिस्तारै छोड्दै जान सकिने हुन्छ । असत्यप्रति सत्यको बिजय ,दानवीय प्रबृति उपर मानवीय प्रबृतिको बिजय , हिंसामाथि अहिंसाको बिजय , द्धन्द्धमाथि शान्तिको बिजय , अधर्ममाथि धर्मको बिजय नै वास्तविक बिजय हो । त्यसैले बलिप्रथा एबं पशुबलिजस्तो कुप्रथाबारे आजको सभ्य समाजले पुनर्मूल्यांकन गरेर अगाडि बढ्ने कि पुरातनसैलिबाटै अगाडि बढ्ने ? यसलाइ राज्यले रचनात्मक बहशको बिषय बनाईनु सबैका लागी सुखकर बिषय हुनेछ । अत: हामी नेपालीहरुले बडादशै भनि मानिदै आएको चाँडपर्बमा धर्मको नाउँमा गरिने बलिप्रथा वा पशुहिंसालाई रोक्ने – बन्द गर्नेतर्फ किन अघि नसर्ने ? बिकल्पमा हामीले बिजय दशमीलाई धर्मबिजय दशमीको रुपमा मनाउँदै प्रण गर्नु अति आबश्यक छ ।
इतिहासको पाना पल्टाउँदा आजभन्दा २२८० बर्षअघि ई.पू.२६६ मा सम्राट अशोकले कलिंग युद्ध गरेर रगतको खोलो बगाएर बिजय प्राप्तिसँगै राज्यसत्ता हात पारेका थिए । तर , युद्धपछि सम्राट अशोकले युद्धभूमि हेर्न जाँदा हजारौ हजार छत्बिक्षत लाश देखेपछि उनलाई आत्मग्लानि र ,पश्चाताप भयो । यस्तो ह्दयबिदारक दृश्यले सम्राटको मन पानी बिनाको माछाजस्तै भइरहदा सानो उमेरका प्रवजित निग्रोघले प्रमाद ,अर्थात् बेहोसीपन मृत्युको बाटो हो , अप्रमाद अर्थात् सजगता ,सतर्कता एबं स्मृति मुक्तिको मार्ग हो भनि मनुष्य जिवन दु:खमय , अनित्य , क्षणभंगुर भएको कुरा बताउंदै ध्यानसाधनाबाट मनलाई पबित्र र सुद्ध गर्दै आफ्ना ईन्द्रियहरु माथि बिजय पाउनु नै वास्तविक बिजय भएको कुरा सुनेर सम्राट अशोकको ह्दय परिबर्तन भयो । त्यसपछि उनले आश्विन शुक्ल दशमीकै दिन शस्त्रअस्त्र सदाका लागी परित्याग गरि बुद्धशिक्षा अँगाली धर्मको मार्गमा लागेर आफैमाथि बिजय पाउँने प्रतिज्ञा गरे । यसै बिजया दिवशलाई धर्मबिजया दिवसको रुपमा मनाउँदै आएको छ । अत हामीले पनि दशैमा हिंसाबलि परित्यग गरि धर्मबिजय दिवसको रुपमा मनाउँन सिकौ ।
हामी बिबेकशील बौद्धहरुले दसैलाई रुढिबादी परम्परागत रुपमा मात्र होइन ,धर्मसंस्कृतिको नाउँमा हिंसाबलि – पसुबलिप्रथा त्यागेर अहिंसात्मक पर्बको रुपमा हामी बौद्धहरुले सम्यक् तरिकाबाट धर्मबिजय दशमी मनाउँनु सबैका लागी आदर्श हुनेछ ।
भवतु सब्मङ्गलम
(नेपालको पहिलो बौद्ध मासिक पत्रिका “आनन्दभूमि” अंक , वर्ष ४२, अंक ६ आश्विन पूर्णिमा को सम्पादकीय बाट दशै बिषेशाङ्क बहसको लागी यहाँ पोस्ट गरिएको छ)