तिलोत्तमा झरना रनिङ्ग सिल्ड

Read Time:4 Minute, 57 Second

दिल प्रसाद थापा

बुटवल । झरना स्पोर्ट क्लब, कुञ्जलापुरद्धारा आयोजित तिलोत्तमा नगरपालिका कुञ्जलापुरमा आयोजित २८औ झरना रनिङ्ग सिल्ड नकआउट फुटवल प्रतियोगितामा विहिबार पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवललाई हराउदै मुहान फुटवल क्लब जितपुर–४, कपिलवस्तु विजयी भएको छ ।

हजारौ दर्शकहरुको उपस्थितीमा भएको प्रतियोगितामा दुबै टिमले राम्रो समर्थक पाएका थिए । प्रितियोगिताको उपाधी जित्न सफल भएको मुहान फुटवल क्लबले खेलको खुरुवात देखिनै आक्रमक खेल प्रस्तुत गर्दै बल आफ्नो नियन्त्रणमा राख्न सफल भएता पनि उपाधी जित्न हम्मे हम्मे परेको थियो । यता पश्चिम क्षेत्रिय प्रहरी तालिक केन्द्रका खेलाडीको खेलमा तालमेल नमिल्दा मुहानले त्यसको फाइदा उठाउदै खेलको पहिलो हाफको १९औ मिनेटमा सेनेगलका खेलाडी उमारले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई पहिलो गोल दिलाउन सफल भएको थियो । प्रहरीका टिमल पनि थुप्रै गोल गर्ने मौकाहरु चुकाएको थियो । खेलको पहिलो हाफमा मुहान फुटवल क्लब १–० को अग्रता कायम गर्न सफल भयो । त्यसपछि दोस्रो हाफको खेलमा दुबै टिम निकै आक्रमक रुपमा प्रस्तुत हुनुका साथै दुबै टिम विच प्रतिस्प्रधात्मक खेल भएको थियो । मुहानको तर्फबाट नाइजेरियन खेलाडी भिक्टोरको उत्कृष्ट पासको सदुपयोग गर्दै राज पौडेलले खेलको ८३औ मिनेटमा अर्को गोल दिलाउन सफल भएको थियो । टिमलाई मुहानको दोस्रो गोल सँगै खेलमा २–० ले पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र, बुटवललाई पछि पार्दै मुहानले उपाधी जित्न सफल भयो । प्रतियोगितामा सहभागि २० टिमलाई पछि पार्दै मुहान फुटवल क्लब जितपुर ४ नम्बर, कपिलवस्तुले एक लाख दशहजार नगद रुपैया, सिल्ड जित्न सफल भएको छ । पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवल उपविजेता हुदै साठी हजार नगद रुपैया जित्न सफल भएको छ । प्रतियोगिता खेल अवधीभर मुहान फुटवल क्लबमा खेलाडी उमारले सबै भन्दा बढी ५ गोल गर्दै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर मुहानकै राज नगरकोटी, उत्कृष्ट खेलाडी मुहानकै भिक्टोर भएका थिए । उनीहरुले दश हजार नगद रुपैया पुरस्कार, र कफ पाएका थिए ।

झरना स्पोर्ट क्लबका अध्यक्ष छत्र बहादुर दर्लामीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिका उघोग विणिज्य संघका अध्यक्ष माधव भण्डारी रहेका थिए । जिल्ला फुटवल संघका अध्यक्ष खेल राज गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला उपाध्यक्ष मधु राना, तिलोत्तमा नगर पालिका कार्यकारी निर्देशक ज्ञानराज पाण्डे, संघिय एक्प्रेसका उपाध्यक्ष चित्र बहादुर गुरुङ्ग, नेपाली काग्रेस तिलोत्तमा नगरपालिका वडा नं.का इन्चार्ज विष्णु रेग्मी, नेकपा एमाले का देवी प्रसाद पङगेनी, राष्ट्रिय जनमुक्ति पार्टी वडा अध्यक्ष बल बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यलय मगंलापुर का इन्चार्ज टोप बहादुर राना, झरना स्पोर्ट क्लबका संरक्षक सेवित दलार्मी, पुर्व संरक्षक धन बहादुर थापा लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको संयोजन लोक पुनले गरेका थिए भने कार्यक्रम संचालन सन्जु पौडेलले गरेका थिए । प्रतियोगिता भदौ २१ गते बाट अश्विन ९ गते सम्म सन्चालन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %