जनशक्ति , प्रगतिशिल, चक्रदेविको जिजयी सुरुवात

Read Time:4 Minute, 11 Second

विनोद रखाली मगर

स्याङ्जा , असोज ६ –  गल्याङ् युथले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको मोफसलकै सर्वाधिक राशीको क्लव स्तरीय भलिवल प्रतियोगिताका पहिलो चरणका ३ खेल सम्पन्न भएका छन् ।

 

जनशक्ति युवा क्लव इलुङ्गा र नवदिप युवा क्लव विच रीप विच भएको  पहिलो खेलमा जनशक्ति इलुङ्गाले आफ्नो पक्षमा पार्न सफल भएको छ । दोस्रो खेलमा नेपाल तारा युवा क्लव विरुद्ध प्रगतिशिल युवा क्लव डुडिचौर विचको खेलमा डुडिचौरले विजयी सुरुवात गरेको छ । आजको अन्तिम खेलमा चक्रदेवि युवा क्लव डाडाखर्कले शान्तिदीप युवा क्लव पखेरालाई पन्छाई दोस्रो चरणमा प्रवेश गरेको छ ।

भोलि तेस्रो दिन विहान ८ वजे सहारा युवा क्लव ग्वादी विरुद्ध आयोजक गल्याङ् युथ विच पहिलो चरणको खेल सुरु हुने क्लवका अध्यक्ष जनक श्रेष्ठले जानकारी दिए ।  खेलमा जम्मा ३० क्लवको सहभागिता रहेको भलिवल प्रतियोगितामा  विजेता, उपविजेता, तृतीय , सान्त्वना हुने समुहलाई क्रमश नगद रु ५० हजार, २५ हजार १५ हजार, ५ हजार नगद, शिल्ड,मेडल,प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैविच आइतवार कार्यक्रमको उद्धघाटन गर्दै सविंधानसभा सदस्य मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदको विकाशको लागि सरकार तथा ससंदमा आवाज उठाउने जिकिर गरेका छन् । पाठकले खेल आफैमा अनुशासनको पर्यायवाचि रहने भन्दै युवा पुस्तालाई खेलले स्वस्थ, अनुशासित तथा दक्षता वृद्धिमा टेवा पुर्याउने उद्धघोष गरे । जनताले दिएको म्यान्डेट माघ ८ गते कुनै हालतमा जनताकै हातमा पुर्याउन राजनितिक दलहरु तल्लिन रहेको अवगत गराउदै आदिवासी जनजाती , दलित , महिला तथा पछाडी परेका वर्गहरु सम्पूर्णको पक्षमा सविंधान आउनेमा पाठकको दावी छ ।

 

भलिवल प्रतियोगिताको उद्धघाटन समारोहमा स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, यातायात तथा मजदुर भलाई कोष वुटवलका अध्यक्ष नारायण भट्टराई , गल्याङ् वजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ , गल्याङ् इकाई समितीका अध्यक्ष सुर्य प्रसाद डुम्रे, वुटवल पावर कम्पनी आँधिखोला जलविद्युत केन्द्रका प्रबन्धक डोल प्रसाद खरेल,यातायात मंजदुर  तथा व्यवसायिक भलाइकोष वुटवलका अध्यक्ष नारायण प्रसाद भट्टराई,इलाका प्रहरी कार्यालय वालिङका प्रमुख विजयराज पण्डीत,समाजसेवी पुरन अधिकारी,गल्याङ नेवाः समाजका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ युवा समाजसेवी किसान श्रेष्ठ, युथका सल्लाहकार जय सिङ राना लगाएतले गल्याङ युथले समाजमा गरेका रचनात्मक कार्यको चर्चा गरेका थिए ।

गल्याङ युथले आफ्नो प्रथम वार्षिकोत्सव ६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाउने क्रममा पहिलो दिन वृद्व वृद्वालाई सम्मान तथा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रम गरेको हो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %