प्रधानमन्त्रीको उपचार खर्च कति

Read Time:1 Minute, 49 Second

काठमाडौं असोज ३ –अमेरिकी अस्पतालमा प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले न्युर्योकको अस्पतालमा फलोअप उपचार गराउनेछन् । यसको खर्च पनि राज्यले नै तिर्नेछ ।

प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएका छन् ।

उपचारमा खर्च भएको एक करोड ४३ लाख ३८ हजार आठ सय ४५ रुपैयाँको बिल अस्पतालले नेपाल सरकारको नाममा पठाएको थियो । अर्थ मन्त्रालयले परारष्ट्र मन्त्रालयमार्फत भुक्तानी दिएको छ । ‘प्रधानमन्त्ती अमेरिका जाँदा असारमा १९ लाख १६ हजार दुई सय दिएका थियौं,’ अहिले असपतालको बिल आएपछि एक करोड ४३ लाख निकासा दिएका छौं ।’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषदको गत २९ जेठको बैठकले प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका पठाउने र खर्च सबै व्यहोर्ने निर्णय गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %