जनजाति महासंघले निर्णायक आन्दोलन गर्ने

Read Time:3 Minute, 8 Second

आज देशका ७५ वटै जिल्ला प्रशासन कार्यालहरुमा ज्ञापनपत्र बुझाउने र धर्ना कार्यक्रम दिने काम भएको छ ।  

देब पचभैया

काठमाडौं, ३ असोज – नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार (आज) संविधानसभा अगाडि निर्णायक आन्दोलन गरेको छ ।

 
पहिचान सहितको संघीयता सुनिश्चित हुनुपर्ने लगायत माग राख्दै  आएको महासंघले पहिलो चरणको तीनदिनदेखि जारी आन्दोलन आज समापन गरेको हो । पहिलो चरणको कार्यक्रमको समापन गर्दै आज धर्ना दिइएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए ।

आदिवासी जनजातिसंग विगतमा भएको सम्झौता कार्यान्वयन, समानुपातिक प्रतिनिधित्व लगायतका माग गर्दै जनजातिहरु आन्दोलित भएका हुन् । जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, अल्पसंख्यक आदिवासी जनजातिको संविधानसभामा प्रतिनिधित्व गराउनुपर्ने, पहिलो संविधानसभाबाट पारित राज्य पुनसंरचनाको प्रस्तावलाई सुनिश्चित गराउनुपर्ने माग गर्दै महासंघले आन्दोलन गर्दै आएको छ ।

 

जनजातिहरुसंग नेपाल सरकारले विगतमा गरेको सहमति र सम्झौतालाई कार्यान्वयन गरी पहिचान सहितको संघीय संविधान जारी गर्न दबाव दिन शुक्रबार (आज) देशका ७५ वटै जिल्ला प्रशासन कार्यालहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । यसैबीच आदिवासी जनजाति महासंघ मोरङ शाखाले महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । जिल्लाको विभिन्न नगर, गाउ परिषद्बा बाट आएका आदिवासी अगुवा, सर्वसाधरणले प्रशासन कार्यालयको गेटमा एक घण्टाको धर्नापछि ज्ञापनपत्र बुझाएका हुन् ।

 

महासंघ मोरङका अध्यक्ष मिलनकुमार राई सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीको कार्यालयमा पुग्नेगरी ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आदिवासी जनजातिले माग गर्दै आएको पहिचान सहितको संघीयता सहित विगतको सहमति कार्यान्वयन गर्न माग गरिएको महासंघ मोरङका अध्यक्ष राईले बताए ।

अन्य जिल्लाहरुमा पनि जिल्ला प्रशासनमा धर्ना तथा ज्ञापनपत्र बुझाइएको छ । 

फोटो : नगेन्द्र कुमार कुमालको फेशबुक बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %