बेलायतमा बर्देवाको एकल साँझको अन्तिम तयारी

Read Time:4 Minute, 49 Second
सुजन पराजुली
    

लण्डन , नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्ब बडा दशै तथा शुभ दिपावलीको अबसर पारेर यही आउदो २१ र २८ सेप्टेम्बर साँझ क्रमश: बेलायत लण्डन स्थित ह्यारो फूट्बल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट कलेजमा एकल साँझ गर्दै छिन ।
 
 
अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार एवम् समाजसेवीहरुसंगको छलफल एबम भेट्घाट कार्यक्रममा उनले भनिन”कार्यक्रमको लागि आवश्यक सम्पूर्ण काम सकीएको छ, अब मात्र यहाँको साथ र सहयोगको खाचो छ”। ”आफ्नो करिब २०बर्षे साङगितिक यात्राकै पहिलो एकल साँझ भएकाले पनि दर्शकको बिशेष सहभागीता अनी साथ पाउनेमा भने ढुक्क भएको बताईन ।
 
स्वर किन्नरी तारा देवीका कालजयी गीतका साथै आफ्ना चर्चित गीतहरुबाट करिब २ घण्टा दर्शकलाई  आफ्नो स्वरले बाध्नेछिन उनले । स्वर किन्नरी तारा देवीको ”शुभकामना भरी” बोल गीत बाट सुरु गर्ने तर्खरमा रहेकी बर्देवालाई यूगल गायनमा गायक सुजन पराजुलीले र दीपक थापाले साथ दिदै छन भने लाईभ अकेस्ट्राको प्रयोग गर्नेछिन,उनलाई रियाज ब्यान्डको समुहले साथ दिदैछन । ब्यान्डको तर्फबाट  गितारमा अजित गुरुङ,वेस गितार बिकल राइ , लिड गितारमा दीपक श्रेष्ठ छन भने धोलकमा राजु , ड्रममा सन्दिप राइ यस्तै गरी पियानोमा उज्वोल श्रेष्ठ सकृय छन ।     
 
अंशु इन्टरटेन्टेनको व्यवस्थापनमा सम्पन्न हुन लागेको सो एकल साँझमा  भेटघाट रेष्टुरेण्टले खानाको व्यवस्थापन गर्नेछ भने साउण्डमा  हेम बिष्ट र सपन इन्टरटेन्मेन्टले जिम्मा लिएको छ,साथै कार्यक्रम संचालनको जिम्मा फानवरोमा जगत नवोदित र ह्यारो फूट्बल क्लबमा लारा राई लक्ष्मीले पाएकी छिन ।  साँझ सात बजेबाट करिब २ घण्टा चल्ने सो कार्यक्रमको अन्त्यमा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थालाई मायाको चिनो प्रदान गरिने छ ।   
 
कार्यक्रमको टिकट दर १० पाउण्ड तोकिएको छ भने अंशु ईन्टरटेनमेन्टले कार्यक्रमको सम्पूर्ण जिम्मा लिएको छ । दर्शकहरुको सुबिधालाई मध्यनजर गर्दै अनलाइनबाट पनि टिकेट खरिद गर्ने सकिने जानकारी समेत दिइएको छ । अनलाइन टिकटको लागि  http://www.hamroawaj.com/buy-ticket/   लिन्कमा क्लिक गरेर खरिद गर्न सकिने अंशु ईन्टरटेनमेन्टले  जनाएको छ ।    
 
भेट्घाट कार्यक्रममा बोल्दै पूर्व एन आर एन अध्यझ सुर्य गुरुङ लगायतले  कार्यक्रम सफल बनाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए । सोही कार्यक्रममा  एन आर एन उपाध्यक्ष शान्ती थापा,सपन राई,मन्जु गुरुड़ग,रंन्जीता मल्ल,संताेष गुरुड़ग,शेर सुनार,गायक सुजन पराजुली,सर्मीला बर्देवा,सरोज परियार एंवम पत्रकारहरु पुर्ण गुरुङ ,रुपेश सिलवाल,रन्जित बस्नेत,वाचस्पति रेग्मी अरुना सुबेदी,निरा पिजी,बिशान गुरुङ लगायतको उपस्थिति थियो ।
 
नर्सिङ पेसामा आबद्द बर्देवा कुनै समयकी पार्स्वो संगीतकी चल्तीकी गायिका  हुन । आँखैमा झलझली,मेरो हजुरलाई,फुलको जवाफ,तस्बिरमै यस्तो ,देब्रे आँखा ,सर-सर लगायतका गीत सुपरहिट छन । लामो समयदेखी बेलायत बस्दै आएकी बर्देवाले नेपाली चलचित्र र आधुनिक गरी करिव ६०० बढी गीतमा आफ्नो स्वर दिईसकेकी छिन भने करिव ६ वटा एल्बम बजारमा ल्याइसकेकी छिन । 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %