राज्यसत्ता,
काठमाडौं , आश्विन ३ – नेपालको राजनैतिक इतिहासमा पहिलोपटक संविधान सभामा नेपालका प्रथम सहिद लखन थापा मगर वारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव व्यवस्थापिका-संसद सचिवालयमा दायर भएको छ । लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस’ भनि राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सभासद शिवलाल थापा मगरले आज दायर गरेका हुन् ।
‘जंगबहादुर राणाको जहानिया शाषन विरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई सन २००१ साल फागुन १५ गते तत्कालिन सरकारका सूचना तथा संचार मन्त्रि चिरन्जिबी वाग्लेले सरकारको तर्फ बाट सहिद मात्र घोषणा गरेका थिए । प्रथम सहिदको पदवि भने आज सम्म सरकारले घोषणा गर्न मानिरखेको छैन ।
उनलाइ बि. स. १९३३ फागुन २ गते गोरखा जिल्ला, बुङकोट गाविस वडा नं. ४ , काहुले भङ्गारमा राणाको फौजद्धारा खिर्राको रूखमा झुण्डाई मारिएको थियो ।
सभासद शिवलाल थापा मगरको प्रश्तावमा सभासदहरू गणेशमान पुन मगर, केशरी घर्ति मगर, योगेन्द्र घिसिङ (नेकपा माओवादी), लीला मगर, नरबहादुर थापा मगर, पेम्बा गुरुङ, (नेकपा एमाले), गोपाल दहित, गंगा चौधरी (सत्गौंवा) (थरुहट तराई पार्टी), झुलबहादुर आले मगर (नेपाली काँग्रेस), अइन्द्रसुन्दर नेम्बाङ (नेकपा माले), रामकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा) र सिमाकुमारी बिके (राष्ट्रिय जनमुक्ति पार्टी) का सभासदहरुले समर्थनमा हस्ताक्षर गरेका छन् ।