भ्रष्टाचारका अभियुक्तहरुलाई अदालतमा उपस्थित हुन विषेश अदालतको आदेश

Read Time:2 Minute, 33 Second

काठमाडौँ, ११ पुस 

नेपाल वायुसेवा निगमलाई रु पाँच करोड ७३ लाख ७५ हजार क्षति पु¥याई भ्रष्टाचार गरेको अभियोग लागेका निगमका कार्यकारी प्रमुख सुगतरत्न कङ्साकारलगायत छजनाका नाममा आज विषेश अदालतले समाह्वान जारी गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरोपित निगमका पदाधिकारीविरुद्ध गत शुक्रबार मुद्दा दायर गरेपछि उक्त अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश शर्मा र केदारप्रसाद चालिसेको इजलासले उनीहरूलाई १५ दिनभित्र उपस्थित हुुन समाह्वान जारी गरी हाजिर भएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्न आदेश दिएको हो ।

    उनीहरूका नाममा आजै १५ दिन
ि    आरोपित कसुरदारहरूलाई एयर बस कम्पनीसँग वार्तालाप गर्नेमात्र निगम सञ्चालक समितिले अधिकार दिएकोमा निर्णय गर्ने अधिकारसमेत प्रयोग गर्दै उनीहरूले ‘न्यारो वडी’ जहाजका लागि ४१ दशमलव २८९ मिलियन अमेरिकी डलर र ‘वाइडबडी’ जहाजका लागि ९२ दशमलव ८४५ मिलियन डलरमा खरिद गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेर निगमका तर्फबाट भुक्तानी गरेको ४३–    उपप्रधानमन्त्री चीन प्रस्थानभत्र उक्त अदालतमा उपस्थित हुन समाह्वानको म्याद जारी गरिएको पनि उक्त अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।

    निगमका लागि ‘न्यारोवडी’ र ‘वाइडबडी’ जाहाज खरीद गर्ने सम्बन्धमा निगमलाई क्षति पु¥याएर भ्रष्टाचार गरेको  भन्दै आयोगले कार्यकारी प्रमुख कङ्साकार, कामु नायब महाप्रवन्धकद्वय राजुबहादुर केसी र गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, तत्कालीन अर्थ विभागका निर्देशक मयुरशम्शेर राणा र कामु उपनिर्देशक केशवराज शर्माविरुद्ध मुद्दा दायर गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %