नेता मालिक हैनन् बरु जनताको नोकर हुन् ।

Read Time:5 Minute, 1 Second

रोशन मेवाहाङ्ग

लण्डन , भाद्र ३० –  कार्यक्रमको सुरुवातमा नै “नेता मालिक हैनन बरु जनताको नोकर हुन”, आयोजित वि पी कोईराला जन्म शताब्दी दिवशको अवसरमा बोल्ने क्रममा नेपाली कांग्रेसका नेता रविप्रकाशले मन्तव्य राखेका थिए ।

 

वि पि कोईराला राष्ट्रिय नेता साथै साहित्यकारमा पनि विशिष्ट र मुलुकको निम्ती राष्ट्रियबादी नेता थिए । हाल राजनीतिक नेताहरुको विचार र दर्शन लाई शव्दमा बोल्ने गर्छन र शब्दहरु मुलुकको खातिर भाषणमा प्रस्टाउने गर्छन तर ब्यभारिकताको बाटोमा उर्तान राजनीतिक नेताहरुले किन गर्न सकिरहेका छैनन ? त्यसैले होला आज देश प्रजातान्त्रिक समाजबादको एउटा मार्गचित्रमा हिड्दै गर्दा पनि आज अराजकतामा रहेका पार्टिहरु हामि के कम्नीष्ट अथावा माओबादी हैनौ ?

हामी लोकतन्त्रवादी हौ ! सर्वराको पार्टी हैनौ ! हामी पुजीवादीतिर ढल्की सक्यौ केहि कम्निष्ट भावनाका नेताहरुले बोलिरहदा नेता रविप्रकाशको प्रतिउतर देशमा सविधानसभाको चुनाव भएको ७ बर्ष बितिसक्दापनि  मुलुकमा देशबाशीहरुले सविधान पाउन सकेका छैनन आखिर किन ? २०६४ सालको पहिलो सविधान सभाको चुनाब पछि राजनीतिकदल र राजनीतिक नेताहरुले नेपाली जनतालाई लत्याईरहेका छन । मुलुक आफैले नेतृत्व गरेर हिडिरहेको अवस्थामा हरेक राजनीतिक पार्टीहरु सरकारमा पुगीसक्दा पनि मुलकबाशीहरुले सविधान पाउन सकिरहेका छैनन, र हरेक नेपाली जनताहरु आफ्नो अधिकार सुनिश्चितको निम्ती भोकभोकै बाटोमा लडिरहेका अवश्थामा पनि नेताहरुको मोजमस्ती देखेर नेपाली जनताहरु विचरा जिवितै छन ।
 
नेपाली काग्रेश र वि पि कोईरालाले देशमा रहेका धनि र गरिबवर्ग लाई एउटै मालामा उनाउने र धनिलाई अझै धनिको रुपमा र गरिबलाई सम्पन्नशिलरुपमा बनाउने एउटा सोच प्रजातान्त्रिक समाजवादको थालनी बि पि कोईरालाले नै गरेका थिए। २००७ सालको इतिहासलाई हेर्ने हो भने राणाहरुको निरंकुश शासनलाई अन्त्य गरेर मुलुकको जनतालाई रैति र दाशबाट मुक्त गरेर देशको नागरिक तिनै नेपाली काग्रेस पार्टीले बनाएको थिए । यसै सन्दर्भमा नेता प्रकाशले प्रतिबधता राख्दै भने हाल देशमा नेपाली काग्रेसको नेतृत्व छ र देशको नेतृत्व गरिरहेका छन, त्यसैले गर्दा आज मुलुकले सविधान पाउछन भन्ने नेता रवि प्रकाशले बिश्वस्त गराएका थिए ।

 २००७ सालमा मात्र नेपाली काग्रेसले अमुल परिवर्तन गरेका थिएनन नेपाली काग्रेसले २०४६ सालमा पंञ्चायती शासकहरुको शासन लाई पनि अन्त्य गरि देशमा फेरि प्रजातन्त्र ल्यायो त्यस प्रस्चात २०६३ सालमा लोकतन्त्र र गणतन्त्रको स्थापना नेपाली काग्रेसले नै गर्यो । तेति मात्र नभई जंगलमा लुकेर देशभरका जनतालाई त्रासीत बनाउदै ठुला पार्टीहरुलाई चुनौती दिदै गृहयुद्घमा होम्याएको अवश्थामा माओवादी लडाकुहरुलाई जंगलमै वार्ता गरेर देशमा एउटा राजनितिक पार्टिको रुपमा स्थापना र समाजभित्र जीउने मार्गदर्शन नेपाली काग्रेस पार्टिले नै गरेको थियो ।

समग्रमा, एकै शब्दमा भन्ने हो भने नेपालका सबै राजनितिक पार्टिहरुले बि पि कोईरालाको मार्गदर्शन पछ्याईरहने हो भने अहिले देशले लिईरहेको जुन मोड सहि बाटोमा र जनताले पाउनु पर्ने हकअधिकार, सुरक्षा र सविधान पाउने निश्चित छ ।

नेपाली जनसम्पर्क समिती बेलायतको आयोजनामा उपाध्यक्ष युवराज गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %