मलेसियामा एक नेपाली युवकको मृत्यु

Read Time:1 Minute, 14 Second

    उदयपुर (बोक्से), ११ पुस 

मलेसियामा कामदारका रुपमा काम गर्दै आएका उदयपुरका एक युवकको शनिबार बङ्गुरको आक्रमणबाट मृत्यु भएको छ ।

    पोथीसँग सहबास गराउने क्रममा भाले बङ्गुरको आक्रमणबाट घाइते भएका जाँते गाविस–५ चौलाने घरभई मलेसियाको पेनाङस्थित बङ्गुर फारममा काम गर्दै आएका टिकाशेर राईको मृत्यु भएको आफन्तले जनाएका छन् ।

    आक्रमणबाट गम्भीर घाइते भएका ३४ वर्षीय राईको मलेसियाको सरकारी अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको आफन्त मिलन राईले बताए ।

    घाइते राईको करङ भाँचिएको र खुट्टामा समेत गम्भीर चोट लागेपछि अत्याधिक रक्तश्राव भई मृत्यु भएको जनाइएको छ ।
विगत सात वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका राई पछिल्लो समयमा भिसाको म्याद गुजारेर बस्दै आएकाले उनको शव स्वदेश ल्याउन समस्या भएको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %