जेठ १४ मा संविधान जारी हुदैन ः गगन थापा

Read Time:1 Minute, 10 Second

    झापा (गौरिगन्ज), ११ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी जेठ १४ गते नयाँ संविधान जारी नहुने ठोकुवा गरेकाछन् ।

    आज झापाको दमकमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सभासद्समेत रहेका थापाले एकीकृत नेकपा (माओवादी)को हैकमवादका कारण संविधान जारी हुने सम्भावना टर्दै गएको  वताए   ।

    माओवादीले ल्याएको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी राजनीतिका विषयलाई काँग्रेसले स्वीकारे पनि माओवादीले काँग्रेसको प्रस्तावमा सहमति नजनाउँदा संविधान निर्माण प्रक्रियमा ढिलाइ भएको उनको भनाइ थियो ।

    बहुलवाद, सम्पत्तिको हक, न्यायपालिका, राज्यको शासकीय स्वरुपलगायतका विषयमा माओवादीसँग आफ्नो पार्टीको सैद्धान्तिक असहमति रहेको नेता थापाले स्पष्ट पारे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %