पुन क्लब सदै प्रथम , दुबै उपाधि पुनहरूकै पोल्टामा !

Read Time:5 Minute, 46 Second

मुक काजी गुरुङ

हङकङ , १४ सेप्टेम्बर २०१४ का दिन पुन मगर समाज हङकङको आयोजनामा चुनमुनस्थित बटरफ्लाई बिचमा छैटौं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

 

प्रतियोगितामा पाथीभरा, पर्वत,संखुवासभा, पुन क्लब ए, पुन क्लब बी, यूनिटी हङकङ, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा बी, वान्चाई, हलेसी, बाग्लुङ र घान्द्रुक गरि १२ टीम र महिलातर्फ पुन क्लब, बाग्लुङ र आंधीखोला स्याङ्जा गरि ३ टीमको सहभागिता रहेको थियो।   

प्रतियोगिताको पहिलो खेल पाथीभरा बिरुद्ध पर्वत बीच भएको थियो भने दोस्रो खेल पुन क्लब ए बिरुद्ध बाग्लुङ बीचको खेलमा बाग्लुङले खेल नखेल्ने घोषणा गर्दै पुन क्लब ए लाई स्वत: अघि बढ्ने हौसला मिलेको थियो। यसैगरि आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए बिरुद्ध युनिटी बीचको खेलमा पनि युनिटीले खेल नखेल्ने घोषणा गर्दै आंधीखोला ए ले सिधै अघि बढ्ने अवसर प्राप्त गरेको थियो। क्रमिक रुपले पहिलो र दोस्रो चरणको खेलबाट आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए, पर्वत, पुन क्लब ए र घान्द्रुकले सेमिफाईनलमा प्रवेश पाएको थियो।

आंधीखोला स्पोर्ट्स क्लब ए बिरुद्ध पर्वत र पुन क्लब ए बिरुद्ध घान्द्रुक बीच भएको सेमिफाईनल चरणको खेलमा आंधीखोला स्पोर्ट्स ए ले पर्वतलाई पराजित गरे भने पुन क्लब ए ले घान्द्रुकलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए।

वेष्ट अफ फाईवको आधारमा पुन क्लब बिरुद्ध आंधीखोला स्पोर्ट्स क्लब ए बीच भएको फाइनल खेलको पहिलो र तेस्रो सेट आंधीखोलाले आफ्नो कब्जामा राख्न सफल भएको थियो। खेल निकै प्रतिस्पर्धात्मक रहेता पनि अन्तत: दोस्रो ,चौथो र पाचौं सेट पुन क्लब ए ले आफ्नो कब्जामा राख्दै गत दुई हप्ता अगाडि मात्र आयोजित सेवारो कपसंगै लगातार दोस्रो पटक उपाधि चुमेको छ।

 

जितसंगै पुन क्लब ए ले प्रथम पुरुस्कार स्वरुप नगद हङकङ डलर ८,०००(आठ हजार),ट्रफी,मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता आंधीखोला स्पोर्ट्स क्लब ए टीमले पनि नगद हङकङ डलर ५,०००(पांच हजार), ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन। प्रतियोगितामा पुन क्लब ए का हेम पुन उत्कृष्ट खेलाडी घोषित भए भने सेमिफाईनल चरणमा आंधीखोला स्पोर्ट्स क्लब ए का युवराज गुरुङ र पुन क्लब ए का सुक पुन म्यान अफ द म्याच घोषित भएका छन। घोषितसंगै उत्कृष्ट खेलाडीहरुले उत्कृष्ट ट्रफी, प्रमाण पत्र र नगद हात पारे।

यसैगरि महिलातर्फको पहिलो खेल पुन क्लब बिरुद्ध आंधीखोला स्याङ्जा बीच भएको थियो भने पुन क्लबले आंधीखोला स्याङ्जालाई पराजित गर्दै बाग्लुङ माथि पनि विजयी हासिल गर्न सफल भएको छ। विजयीसंगै पुन क्लब महिला टीमले नगद हङकङ डलर २,००० (दुई हजार), ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता बाग्लुङले नगद हङकङ डलर १,२०० (एक हजार दुई सय), ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन।

मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योति आले मगर लगायत पुन मगर समाज हङकङका पदाधिकारीहरुले विजेता र उपविजेता टीम र खेलाडीहरुलाई पुरुस्कार बितरण गरेका थिए । उक्त छैटौं पुरुष तथा महिला भलिबल प्रतियोगितालाई भब्य तथा सभ्यका साथ सफल पार्न सहयोग गर्ने प्रायोजक दाताहरुलाई खादा र अबीरले सम्मान गरेका थिए भने मिस मगर हङकङ-२०१३ कमला पुन मगर पनि सम्मानित भएकी थिईन।

यसै क्रममा पुन मगर समाज हङकङका केहि ब्यक्तित्वहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै पुन क्लब पुरुष तथा महिला टीम र ब्यक्तिगत रुपमा पुरुष तर्फ सुक पुन र होम पुनलाई नगद पुरुस्कार पनि प्रदान गरेका थिए। प्रतियोगितामा रेफ्रीहरु राजकुमार गुरुङ, बिकास गुरुङ र प्रकास गुरुङ थिए।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %