तेत्तिस दलीय मोर्चा सहभागी नहुने निर्णय गरिएको : प्रेस – वक्तव्य

Read Time:2 Minute, 42 Second

 

नयाँ संविधान निर्माण, शान्तिप्रक्रियाका कार्यहरु र दूरगामी प्रभाव पर्ने राष्ट्रिय राजनीतिक महत्वका विषयहरुबारे सर्वपक्षीय राजनीतिक सम्मलेनद्वारा राष्ट्रिय सहमति कायम गरेर विद्यमान समस्याहरुको निकास खोजिनुपर्छ भनी नेकपा–माओवादीसहित तेत्तिस दलीय राष्ट्रिय मोर्चा, नेपालले उठाउँदै आइरहेको प्रस्ताव सर्वविदितै छ । त्यस विषयमा प्रधानमन्त्रीज्यूको आह्वानमा चार राजनीतिक दलहरु; नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच पटक–पटक संवाद भए । परन्तु, शाब्दिक रुपमा सर्वदलीय सम्मेलन गर्ने भनिएपनि त्यसको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयहरुमा सत्तारुढ दलहरु सहमत भएनन् ।

सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने सत्तारुढ दलहरुद्वारा भनिएपछि उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएन । अतः भदौ ३१ गते सरकारद्वारा आयोजित सर्वदलीय सम्मेलनमा हाम्रो पार्टीलगायत तेत्तिस दलीय मोर्चा सहभागी नहुने निर्णय गरिएको छ ।

साथै, दलहरुबीच वार्ता र संवाद जारी राख्दै सम्मेलनको कार्यसूची, सहमतिले निर्णय गर्न सक्ने क्षेत्राधिकार र सम्मलेनबाट सम्बोधन गर्न नसकिने विषयहरुमा सहमति कायम गर्ने वैकल्पिक उपायहरुबारे लिखित सहमति नहुँदासम्म सर्वदलीय सम्मलेनको औचित्य नरहने भएकोले ती विषयहरुमा नीतिगत मार्गचित्रबारे लिखित सहमति कायम गरेर मात्र सर्वदलीय सम्मेलन आयोजना गरिनुपर्दछ भनी हाम्रो पार्टी सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।

२०७१ भदौ ३१ …. …. …. …. मोहन वैद्य ‘किरण’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %