युएईमा भव्य साँस्कृतिक धमाका

Read Time:1 Minute, 44 Second

सोनाम दोर्जे लामा

युएई, सेप्टेम्बर १५ – हिन्दुधर्मालम्वीहरूको महान चाड दशैँ, एवं मुस्लिमधर्मालम्वीहरूको महान चाड बक्रीइतको अवसर पारेर ओक्टुबर ३ तारिक शुक्रबारको दिनमा मलायेली समाज मुसफा हल (मज्यद महलको पछाडी) आबुधाबीमा दशैँ तथा दिपावली धमका २०१४ हुने भएको छ |

कार्यक्रमलाई भव्य बनाउन नेपालबाट आउनु हुने ख्यातिप्राप्त गायिकाहरु आस्था रावत र देवीका केसीको साथमा युएईमा लामो समय देखी चर्चामा रहेका १ दर्जन भन्दा बढी कलाकारहरुले नृत्य, गायन एवं हास्यव्यंग्य जता विभिन्न विधामा दर्शकहरु लाई भरपुर् मनोरंजन दिनेछन् |  विदेशमा भएपनि स्वदेशमा रहेको अनुभूति दिलाउन दशैँ एवं बक्रीइतको अवशरमा यो साँस्कृतिक धमकाको आयोजना गरिएको आयोजक सदस्य सन्तोष पुलामी मगरले जानाकारी दिएका छन |        
हिमालय वल्ड ट्राभल्सको मुख्य प्रयोजन हुने उक्त कार्यक्रममा आयोजक सदस्यहरु क्रमस: भिम लामा ,सोनाम दोर्जे लामा,सुजन थापा ,नबिन मगर एलेक्स घले,मौसम सुब्बा ,तारा मल्ल ,सुमन सिङ्ग्तन र सन्तोष पुलामी मगर रहेका छन् | 
                                              
विभिन्न ठाउँ बाट कार्यक्रम स्थल सम्मको लागी निशुल्क यातायातको पनि व्यवस्था गरिएको छ |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %