सुरेन्द्र इङनाम – बेलायत
१३, सेप्टेम्बर २०१४ को दिन अल्डरसटको तोङ्हाम कम्युनिटी हलमा इङ्नाम ईवाहाङ बन्धु साथै चेलिबेटी वार्षिक भेटघाट कार्यकम सम्पन्न भयो ।
हरेक वर्षमा एकपल्ट आयोजना गरी सम्पुर्ण बन्धुहरु, चेलिबेटी साथै भाना–भान्जाहरु भेटघाट भएर चिनजान साथै सदभाव राख्ने उक्त कार्यक्रमलाई बन्धु समितिको अध्यक्ष महेन्द्र ईवाहाङको सभापतित्व रहेको उक्त कार्यक्रमलाई शेरबहादुर इङ्नामले स्वागत गरेका थिए । कार्यक्रमको सुरुमा यस बर्ष भरीमा दिवङ्गत भएका हाम्रा बन्धु तथा चेलिहरु क्रमशः शन्त बहादुर ईवाहाङ र बिष्णु माया इङ्नाम (आङबुहाङ) को सम्झनामा १ मिनेट मौन धारण गरीएको थियो ।
बन्धु समितिको अध्यक्षले सस्थाको बारेमा प्रस्ट्याउदै बर्षमा एक पल्ट भेला भएर दुःख सुख साथै एकआपसमा चिनजान गर्नु जरुर भएको र भावितब्बेमा दुःख तकलिफ भएमा सबै बन्धु तथा चेलिहरु मिलेर सरसहयोग गर्न आग्रह गरेका थिए । सोेहि क्रममा चेलिबेटी समितिका अध्यक्ष बिना इङ्नामले इङ्नाम ईवाहाङ चेलिबेटी समितिको स्थापना हालै भएको र यस सस्थाको उदेस्य बारे प्रस्ट्याएका थिए ।
उक्त कार्यक्रमको दोस्रो चरण सम्मान कार्यक्रम रहेकोले बन्दु, चेलि साथै भाना–भान्जाहरुलाई यस वर्ष भरि विभिन्न क्षेत्रमा प्रगती गरेबापत प्रोत्साहन स्वरुप सान्त्वना र सम्मान–पत्र दिईएको थियो ।
उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई यसरी छुट्टि मिलाएर यस कार्यकरुममा आईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यकरुमलाई औपचारिक रुपमा समापन गरेका थिए । ९ घण्टा लामो चलेको उक्त कार्यक्रमलाई सस्थाको सचिव प्रेम इङ्नामले सञ्चालन गरेका थिए ।