काठमाडौंँ, १० पुस । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलको कार्यालयले उक्त पार्टीका नेता तथा भौतिक योजना राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध कारबाही गर्ने भएको छ ।
साहविरुद्धको कारबाहीलाई अघि बढाउन उक्त दलले तीन सदस्यीय समिति गठन गरेको छ ।
राज्यमन्त्री साहले केही दिनअघि फोरमबाट अलग्गिएको घोषणा गर्दै मधेसीहरूको मुक्तिका लागि सशस्त्र आन्दोलन जरुरी भएको बताएका थिए ।