काठमाडाँै, १० पुस
एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकाहरूको अनुगमन, समायोजन तथा पुनःस्थापनाका लागि गठित विशेष समितिका पदाधिकारीहरू आज चितवन र नवलपरासीस्थित माओवादी लडाकू रहेका शिविरको भ्रमणमा जाने भएका छन् ।
समायोजन तथा पुनःस्थापनाबारे लडाकूहरूसँग छलफल गर्न तथा उनीहरूको राय बुझ्न टोली शिविर भ्रमणमा जान लागेको हो ।
भ्रमण टोलीमा नेपाली सेनाका सहायकरथी विक्रम कार्की, सशस्त्र प्रहरीनायब महानिरीक्षक केशबहादुर शाही र प्रहरीनायब महानिरीक्षक सिंहबहादुर छन् ।