प्रथम शहीदको गाउमा गुरुयोजना (फोटो फिचर सहित)

Read Time:5 Minute, 12 Second

दिल प्रशाद थापा

 

 

 

 

गोर्खा , भाद्र २२ – प्रथम शहीद लखन थापा मगरको बुङ्कोट विकास गुरुयोजना सम्बन्धी अन्तरक्रिया तथा स्थलगत अध्ययन सम्पन्न भएको छ ।  नेपालको ऐतिहासिक स्थलहरुमध्यको एक प्रथम शहीद लखन थापा मगरको जन्मथलो तथा सहादत प्राप्त गरेको स्थल गोरखाको बुङ्कोट स्थित काउलेमा बुंकोट बिकास गुरुयोजना सम्बन्धि अन्त्ररक्रिया कार्यक्रम भाद्र २२ गते सम्पन्न भयो ।

 

 

 

 

 

साथै स्थलगत अध्ययन कार्य २४ गते सम्पन्न भएको छ । सो अन्तरक्रियामा समग्र बुङ्कोट र सो आसपासमा रहेको क्षेत्रको बृहत्तर विकासलाई टेवा पुर्याउने उद्देश्यले बुङ्कोट विकास गुरुयोजनाको अवधारणा खाका प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, काठमाडौंले तयार गरी सम्बन्धीत समुदायमा छलफल गर्ने र स्थानीय सरोकारवाला संघसंस्थाहरु तथा रानैतिक दलका स्थानीय प्रतिनिधिहरुको सल्लाह सुझाब संकलन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रतिष्ठानका महासचिब दिल प्रसाद मगरले  गुरुयोजनाको अवधारणा खाका प्रस्तुत गरेका थिए ।

 

  

 

 

 

विभिन्न स्थानीय संघसंस्थाहरु र दलका प्रतिनिधिहरु तथा समाजसेवीहरुले आ–आफ्नो धारणा राखेका थिए । अतिथि वक्ताहरु नेपाली कांग्रेसका जिल्ला सहसचिव कृष्णबहाखुर राना, संघिय समाजवादी पार्टीका जिल्ला समितिका उपाध्यक्ष मितबहादुर राना, नेपाल मगर संघका जिल्ला समिति अध्यक्ष विश्णु राना मगर , लखन थापा तथा जयसिंह चुमी प्रजातान्त्रिक युवा क्लबका सदस्य कुमार आले मगर , शहीद लखन थापा प्रा.वि.का प्र.अ. गितादेवी पाण्डे लगायतले आफ्नो धारणा राख्दै यो गुरुयोजना राण्ट्रको गौरवसँग गासिएको ज्यादै महत्वपूर्ण योजना भएको र यो कार्यलाई अगाडि बढाएकोमा लखन प्रतिष्ठानप्रति आभार व्यक्तगरेका थिए ।

 

 

 

 

साथै सबै वक्ताहरुले यो गुरुयोजनालाई चाडो पूर्णता दिई कार्यन्वय गर्नुपर्ने र आफूहरुले स्थानीय स्तरमा कै क्रममा अध्ययन टोलीका प्राविधिज्ञहरु इन्जिनियर द्घय कृष्ण बहाखुर थापा क्षत्री र विष्णु प्रसाद चौलागाइँले स्थलगत अवलोकन गर्दा यो ऐतिहासिक ठाउँमा विकासको पनि उत्तिकै संभावना रहेको र स्थानीयबासीहरु नै सबै विषयको राम्रो जानकार भएकोले स्थानीयहरुको सक्रियताले नै प्रस्तावित गुरुयोजनाले मूर्तरुप पाउने र प्रभावकारी कार्यन्वयन हुनसक्ने बताएका थिए ।

स्थलगत अध्ययनको लागि भदौ २१ गते काठमाडौंदेखि ३ जना प्राविधिकहरु सहितको आएको लखन थापा प्रतिष्ठानको टोलीले प्रथम शहीदको स्मारक स्थल, उनीसँग सम्बन्धित एवं साँस्कृतिक एवं पर्यटकिय महत्वका कुराहरु जस्तैः भँयरीथान, लखन गुफा, जलकन्याथान, लखन थापाले पूजाआजाको लागि पानी लाने धारा र समग्र बस्तुस्थितिको अवलोकन गर्नुको साथै ती ठाउँको नक्साङ्कन गरिएको गरेको छ ।

 

 

 

 

 

गुरुयोजनामा प्रथम शहीदको स्मारक रहेको विद्यालयलाई स्थानीयबासीहरुको सहमतिका उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने र सो ठाउँमा लखन थापाको दरबार, घर, संग्राहलय पोखरी आदि लखन थापासँग सम्बन्धित तात्कालिन सामाजिक, साँकृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका भौतिक संरचनाहरु पुनःर्निमाण गर्ने, संरक्षण, संबद्र्धन गर्ने साथै सो आसपासको क्षेत्रमा समेत सामाजिक–आर्थिक लगायत समग्र सामुदायिक विकासका कार्य गर्ने अवधारणा राखिएको छ ।

प्रतिष्ठानले गुरुयोजनाको विस्तृत अवधारणा पत्र तयार गरी स्थानीय स्तरदेखि केन्द्रिय तहसम्म छलफल गरीअन्तिम रुप दिने  र नेपाल सरकारसँग पहल गरी यो योजना लागू गर्ने सोंच रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %