बिजय हितान /बेलायत
गत हप्ता २९ अगस्टको साँझ यू के मगर संघ केन्ट साखाले एक च्यारिटी डिनरको आयोजना गरेर मगर भवनको लागि आर्थिक सहयोग बटुलेको छ।
सटन भ्यालेन्स स्कुल मेडस्टोनमा सम्पन्न उक्त कार्यक्रममा ७२०० पाउन्ड उठेको मुख्य सम्योजक (पूर्व मेजर) कमल रानाले बताए । मगर संघ यु के का अद्क्ष्य दुत पुनमगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साँझमा केन्द्रिय कार्यसमितीका उपाध्यक्षहरु, महासचिव, पूर्व अध्यक्ष, तथा सल्लाहकारहरुको पनि उपस्थिती रहेको थियो । १४० भन्दा बढी उदार पाहुनाहरु आइदिएर उक्त साँझलाई रमाइलो पार्दै आ-आफ्नो गक्ष्य अनुसार हालसालै किनिएको मगर भवनको सहयोगार्थ खुलेर अनुदानदिएका थिए।
कार्यक्रममा सर्बप्रथमम ब्याग पाइपरको मधुर धुनले स्वागत गर्दै आगन्तुक सबै पाहुनाहरुलाई हलभित्र भित्र्याइएको थियो। तत्पस्चात मुख्य अतिथिद्वय अद्क्ष्य दुत पुन र अफगानिस्तान युद्दमा बहादुरि कामाउनुभएका रोयल गोर्खा राइफलका हरी बुढाले पानसमा बत्ती बालेर च्यारिटी डिनरको समुदघाटन गरेका थिए । त्यसको लगत्तै (पूर्व मेजर) कमल रानाले द्विसतबार्सिकीको उपलक्ष्यमा पावरपोइन्ट मार्फत गोर्खालीको ब्रिटिश सेनामा ऐतिहासिक सम्लगनताबारे छोटो प्रबचन्दिएका थिए। अनी भवन खरिद सम्योजन सदस्यद्वय योग फगामी र घन थापाले यो परियोजना कहाँ र कसरी सुरु भयो, यसलाई सफल पार्ने अनुदान दाताहरु, ऋण दाताहरु र भवनको ब्याबस्थापन इत्यादी बारेमा छोटो जानकारी दिए ।
झपट भुजेलद्वारा सन्चालित डि क्याफेको स्वादिलो भोजन र पेय पदार्थ सेवन गर्दै उपस्थित दर्सकले मगर सँस्क्रिति झल्कने कौडा, सालैजो, झाम्रे र अन्य नेपाली लोक न्रित्य र संगितको मनोरन्जन लिएका थिए। सत्तरिबर्से(पूर्व क्याप्टेन) वीर बहादुर थापाले कर्णप्रिय गीतहरु गाएर सबैलाई मन्त्र-मुग्ध पारेका थिए । मनोरन्जनको बिचबिचमा मगर भवनकोलागि अनुदान उठाउने काम पनि भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष दुत पुनले मगर भवनको चापी गत अगस्टमा बुझिसकिएको र खरिद मुल्यको धन्दै एक चौथाइ ऋण रहेको जानकारी दिए।
अतिनै ठुलो धनराशी ऋण उपलब्ध गराएर भवन खरिदमा मद्घत पुर्याउनुहुने केन्टबरी नेपाली समाजका अध्यक्ष घन थापाप्रती उनले आभार प्रकट पनि गरे। सचिव काशिराम राना र सहसचिव लालु पुनद्वारा सन्चालित कार्यक्रमको अन्त्यमा मगर संघ केन्ट साखा अध्यक्ष (पूर्व क्याप्टेन) पदम आलेले उपस्थित दाताहरु लगाएत सम्पूर्ण कार्यक्रम सहयोगि ब्याक्तिहरुलाई धन्यवाद दिएका थिए । (पूर्व गोर्खा मेजर) प्रेम आले ज्युले निसुल्क हलको ब्याबस्था गरिदिएर ठुलो सहयोग पुर्याएकोमा उनिप्रती कार्यसमितिका सम्पूर्ण पदाधिकारीले क्रित कृतज्ञता ब्याक्त गरेका थिए।