इबोलाविरुद्धको औषधि यही साता मानिसमा परीक्षण गरिने

Read Time:1 Minute, 26 Second

अमेरिकामा सुई लगाएपछि बाँदरमा लामो समयसम्म इबोला भाइरससँग लड्न सक्ने क्षमता विकास भएको पाइएको छ। यही साताबाट यो इन्जेक्सन मानिसमा पनि परीक्षण सुरु गरिने भएको छ।

वैज्ञानिकहरुका अनुसार यसबाट आगामी समयमा मानिसमा यो इन्जेक्सन परीक्षण सफल हुने सम्भावना बढेको छ ।

अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ हेल्थमा गरिएको परीक्षणमा इन्जेक्सन लगाएका पाँच हप्तासम्म बाँदर इबोलाबाट सुरक्षित रहेका थिए । यो इन्जेक्सनमा इबोला डीएनए र एउटा भाइरसलाई मिश्रण गरिएको छ।

वैज्ञानिकहरुले यदि इन्जेक्सनको डोज अधिक दिइए इबोलाबाट दश महिनासम्म सुरक्षा दिने सक्नेछ ।

यो शोधको परिणाम नेचर मेडिसिन पत्रिकामा प्रकाशित छ। यो इन्जेक्सन मानिसमा यसै साता अमेरिकामा हुनेछ । त्यसपछि बेलायत र अफ्रिका पनि गरिनेछ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म पश्चिमी अफ्रिकामा इबोला भाइरसका कारण कम्तीमा पनि २१ हजारको मृत्यु भएको छ ।

एजेन्सी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %