धर्म गुरू बम्जनको गुम्बामा आक्रमण

Read Time:6 Minute, 45 Second

४ जना सख्त घाइते , भक्तजनहरु बाट दोषीलाइ कारबाहीको माग

जेबि गुरूङ

बारा , भाद्र १९ –  हलखोरियामा रहेको तपस्वी गुरु रामबहादुर बम्जनको महा सम्बोधि धर्म संघको गुम्बामा र उनको  अनुयायीहरु माथि योजनाबद्ध ढंगबाट आक्रमण भएको छ ।

  

भाद्र १६ बेलुकि ७ , ८ बजेको  समयमा मादक पदार्थ सेवन् गरि आएका ५ जना केटाहरु तपस्वी गुरु बस्नु भएको ठाउँमा गई गुरुलाई अपशब्द प्रयोग गरि गाली गर्नुको साथै त्यहाँ रहेका अनुयायीहरुलाई पनि काट्छु मार्छु भनि धम्क्याएका थिए । ति मा.पा.से गरि आउने५ जना केटाहरु सबै रतन पुरीका वासिन्दाहरु हुन् । गुरुले उनीहरुलाई सम्झाई बुझाई गर्नु भई उनीहरुलाई पुर्व गेट सम्म लगेर छोड्न केहि अनुयायी लाई वचन गर्नु भयो । र गुरुको वचनलाई सिरोपर गर्दै अनुयायीहरूले उनीहरुलाई गेट सम्म छोड्न गएका थिए । उनीहरूलाई छोडेर फर्किनै लाग्दा ति ५ जना मा.पा.से गरेका केटाहरुले उनीहरुमाथि आक्रमण गरे ,त्यस पछि गुरुका अनुयायीहरु ज्यान जोगाउन गुरु र आफ्ना साथीहरु भएका ठाउँमा भागेर आईपुगेका थिए ।

त्यस पछि ति सम्पूर्ण कुरा गुरुलाई सुनाए, त्यतिन्जेल सम्म ति केटाहरु घर नगएर  गुरुलाई अपशब्दले गालि गरि बसी रहेका थिए । यो कुरा अनुयायीहरुलाई असैह्य भयो र यिनीहरुलाई समातेर प्रहरीको जिम्मामा लागाउनु पर्छ भन्ने निष्कर्षमा सबै जना पुगे । त्यसपछि गुरुका अनुयायीहरु उनीहरुलाई पक्रेर ल्याउन उनीहरु भएको ठाउँमा पुगेका थिए । ति मा.पा.से गरेका केटाहरुले अघिको भन्दा बढी मान्छे देखि पछि तिनीहरु भाग्न सुरु गरे । भाग्ने क्रममा दुई जना केटाहरु समातिन पुग्यो भने अन्य ३ जना केटाहरु उम्कन सफल भएका थिए । ति दुई जना केटाहरुलाई गुरु सामु उपस्थिति गराइएको थियो र उनीहरुले गुरु समक्ष हामीबाट भुल भो भनी माफि मागेका थिए । तपस्वी गुरुले ति दुई केटाहरुलाई प्रहरीको जिम्मामा भोलि बिहान लगाउने सोचको साथ सम्मान पुर्वक बस्न आग्रह गर्नु भएको थियो र उनीहरु त्यो रात अनुयायीहरु सगै बसेका थिए । जो मा.पा.से गरेका ३ जना केटाहरु अनुयायीहरुको पन्जाबाट भाग्न सफल भएका थिए ।

तिनीहरुले गाउँमा गएर आफना दुई जना साथिहरुलाई तपस्वी गुरुले नियन्त्रणमा लिई निर्घात कुटपिट गरि बन्धक बनाएको छ भनि भ्रामक हल्ला फिजाए र भोलि पल्ट बिहान अर्थात २०७१/०५/१७ गते बिहान करिब ३०० सय जनाको संख्यामा मान्छेहरु हातहतियार सहित प्रवेश गरि चारैतिरबाट घेरी त्यहाँ रहेका अनुयायीहरुलाई खुकुरी लाठि प्रयोग गरि घाइते तुल्याएका थिए । आक्रमणकारिको लाठी र खुकुरी प्रहारबाट १२ वर्षको बालक सहित ४ जना अनुयायीहरु सख्त घाइते भएका छन्  ।

१६ गते बिहान भएको घटनाको जानकारी उतिनै बेला बोधी श्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिंङ्ले टेलीफोन मार्फत सिडियो लाई गराई घटना स्थलमा प्रहरीहरु खटाई घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही र शान्ति सुरक्षाको वातावरण बनाउन आग्रह गरेका थिए । तत्कालै सिडियोले प्रहरीहरुलाई घटना स्थलमा गई सत्य तथ्य बुझ्न आग्रह गरे पनि  प्रहरीहरु भने घटना स्थलमा ढिलो गरि पुगेका करण  आक्रमणकारिहरु त्यहाँ बाट भागी सकेका थिए ।

प्रहरी र इमेज , कान्तिपुर र विभिन्न एफ एमका संचारकर्मीहरु  घटना स्थलमा पुगे र गुरु रामबहादुर बम्जन लाइ भेट गरि घटनाको बारेमा जानकारी लिएका थिए । गुरुले पनि सम्पूर्ण घटना बारे सत्य तथ्य प्रहरीलाइ जानकारी गराउनु भएको थियो । गुरूका अनुयायीहरु र त्यहाँ उपस्थित भक्तजनहरुले प्रहरी समक्ष सुरक्षाको प्रत्याभूति , र दोषीलाई कडा कारबाही, र स्वतन्त्र पुर्वक धर्म मान्न पाउनु पर्ने कुरा प्रहरी समक्ष गरेका थिए ।

साथै बौद्ध अनुयायीहरुले संचारकर्मिहरुलाई पनि सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरेता पनि असत्य र ,मनगढ़न्ते,यथार्थमा अनाधारित कपोकल्पित भ्रामक समाचार सम्प्रेषण गरि बौद्ध धर्म माथी आँच ल्याउँने काम गरेको छ । यसले सम्पूर्ण बौद्ध मार्गी ,धर्म गुरूप्रति आस्था विश्वास श्रद्धा भक्ति राख्नु हुने मैत्री अनुयायी भक्तजनहरुको ध्यानाकर्षण र स्तब्ध तुल्याएको छ । संचारमाध्यमले भक्तजनहरुलाई भ्रमित पारि गुरु को अस्तित्व समाप्त गर्ने षडयन्त्र गरेका छन् ,यो कुरा सबैमा ज्ञात होस् र यस्ता भ्रामक पचार प्रसारबाट विचलित् नहुन र संचार माध्यमका कुरामा एकरति पनि विश्वास नगर्न र गुरु विरोधी तत्वहरु सँग खुलेर प्रतिवाद गर्नु हुन् सबैमा मैत्री अनुरोध गर्दछु ।

मैत्री संघ , महा सम्बोधि धर्म संघ

“ मैत्री मंगलम “

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %