पाल्पा ९ पौष
पाल्पाको मस्याम ४ केरावारीमा भएको निजी जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको भने ३ जना घाइते भएका छन् । गुल्मीबाट बुटवलका लागी छुटेको लु १ च ३६६९ नम्बरको जिप केराबारीको बजार नजिक बिहान करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो ।
घाइतेको उद्दार गरिदै
मृत्यु हुनेका सबै पुरुष रहेका छन् । दुर्घटनामा जिप चालक कचनापुर ४ बॉकेका ३२ बर्षिय शेर बहादुर थापा, तुराङ २ गुल्मीका ४३ बर्षिय नारायण प्रशाद खनाल, तुराङ १ गुल्मीका जिप धनी ५५ बर्षिय खगेश्वर अर्याल , ६९ बर्षिय धन बहादुर बस्नेत र तुराङ ४ गुल्मीका ३३ बर्षिय दिल बहादुर रजाली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु तुराङ ४ गुल्मीकी ४९ बर्षिय देउकला राजलीको लुम्बीनि मेडिकल कलेज प्रभास तानसेन र रुपन्देही चिलिया ४ की २६ बर्षिय कमल अर्याल र उनको श्रीमति २४ बर्षिय आरती खनालको लुम्बीनि अञ्चल अस्पताल वुटवलमा उपचार भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको तिनै जनाको अवस्था गम्भीर रहेको अस्पताले जनाएको छ । बिहानको समय र चालक निदाएकाले मोडबाट जिप तल खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।जिप सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो । मृतक का आफन्तका अनुसार घटनामा ज्यान गुमाएका दिल बहादुरका आमा बितेपछि किरिया गर्न मधेश जाने क्रममा उतm दुर्घटना भएको थियो ।
देब पचभैया