श्रोताहरुले दिलमा डेरा बसाइदिनु भयो,म हजुरहरुको दिलमा घर बसाउन चाहन्छु समेत भन्न भुलिनन गायीका कला राइले ।एस सांगेतिक यात्राले उनीलाई कहाँ सम्म पुराउने हो ?
बिरेश दाहाल
नेपाल भित्र अनेकौ प्रतिभाशालि मानिस लुकेर आफ्नो क्षमता,प्रतिभा देखाउने अवसर नपाउदा कति बीच बाटै बाट भाग्ने गर्छन त कति जिबनमा जति हण्डर खाएर भएपनि निरन्तर लागि परि रहन्छन l नेपाली गित,संगीतको दुनियामा रमेर पनि मोफसलको पीडाले धेरैलाई छोडेको भने छैन l

चन्चले सोभाबकी कला अरु गाएक/गायिका भन्दा केहि पृथक गित,संगीत को मस्तीमा दुनिया भुलाउन चाहेको बताउछिन l
बिध्यार्थी जीवन देखि गित/संगीत क्षेत्रलाई माया गर्ने कला बाटामा हिड्दा पनि गुनगुनाउँने बानिले स्कुल्,कलेज जिबनमा पनि बिभिन्न प्रतियोगितामा भाग लिन थालिन ।
गीत–संगीतमा लागेपछि उनले आर्जन गरेको लोकप्रियता देख्दा उनका साथीसंगी कत्ति लाइ लोभ लाग्ला ? साथीसंगीले पैसाले किन्न नसकिने लोकप्रियता कमाएको देख्दा केहि गर्नु पर्ने रहेछ जिबनमा भन्दै धेरैले सलाह सुझाब अनि प्रसंसा गर्दा धेरै खुशी रहेको बताउछिन । हुनु पनि हो,धन “ले किन्न नसकिने सम्पत्ति भनेको नाम,प्रतिष्ठा हो । हिजो आज नाम मात्रै होइन, उनलाई दाम पनि हात पर्न थालेको छ ।
कला राई लाई गायिका मात्रै भन्दा उनको परिचय अपूरो हुन्छ,अधुरो हुन्छ । उनी गायिकाको अलावा गीतकार पनि हुन् । उनले आफैले लेखेको गीत पनि गाएकी छन् । गायिका राई भन्छिन्, ‘मेरो गीतिकारिता गायनले ओझेलमा पर्न गयो तर गीतकारभन्दा गायिका कला राइ भनेरै चिनिन चाहन्छु ।’ ‘अफर’ गीतिएल्बमको अहिले चर्चामा रहेको गीत ‘पान्धारे चौकी माया पो नलगाइ बा मरिन्छ कि’ उनैले लेखेकी हुन् ।
कला भन्छिन मेरा हरेक पाइला-पाइला मा संगीतको स्पर्स महसुस गर्छु,अनि आफ्नो जिबन संगीतमै सुम्पिन चाहन्छु,गित संगीत लाइ माया गरि आम-श्रोताहरुले दिलमा डेरा बसाइदिनु भयो,म हजुरहरुको दिलमा घर बसाउन चाहन्छु समेत भन्न भुलिनन एस सांगेतिक यात्राले उनीलाई कहाँ सम्म पुराउने हो l
युवापस्ताका चर्चित गायिका कला राईको ‘पश्चिम पोखरा’ लोकगीत, ‘अनुभग’, ‘कला’ र ‘अफर’ आधुनिक गीतिएल्बम सार्वजनिक भइसकेको छ । अहिलेसम्म राईले कमाएको सम्पत्ति यत्ति नै हो । यी बाहेक उनले कमाइन् भने केवल श्रोता/दर्शकको न्यानो मायामात्रै यसलाई पनि सम्पत्ति नै मान्ने हो भने, अधिराज्यव्यापी लोकगीत प्रतियोगिता (२०५७) मा उनी प्रथम भएकी थिइन् । अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता (२०६२) मा भने दोस्रो भइन,उक्त प्रतियोगितामा दोस्रो हुनु नै उनले स्वर परीक्षा पास गरेको मान्यताप्राप्त लाइसेन्स मानिन्छ । त्यतिमात्रै होइन, उनी के.एटी.एच संगीत प्रतियोगितामा पहिलो र ब्राइटर तिम्रो सुर मेरो गीतमा दोस्रो भएकी थिइन् ।
(गायिकाको अनुमतिले उनकै फेशबुक बाट)