मुक काजी गुरुङ
हङकङ , ३० अगस्त २०१४ का दिन जोर्डनस्थित ईण्डिया क्लबमा हिन्दु महीलाहरूको चाँड हरितालिका नेपाली नारीहरुद्वारा एक रात्री भोजको आयोजना गरि भब्य रुपमा सम्पन्न गरेका छन।
कार्यक्रम स्थलमा बेलुकी ७ बजेदेखि नै महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने क्षण भरमा नै कार्यक्रम स्थल महिला दिदीबहिनीहरुले खचाखच भरिएको थियो। टिपनटापन तथा खानपिनबाट शुरु भएको कार्यक्रम केहि समयमा नै “तीजको रहर आयो बरी लै” देखि डिजे प्रस्तुतिहरुमा छमछमी नाच्नलाई आत्तुर देखिन्थे महिला दिदीबहिनीहरु। हल उपस्थित महिला दिदीबहिनीहरुले खचाखच भरिएको थियो भने छमछमी नाच्ने क्रम मध्य रातको २ बजेसम्म निरन्तर चलेको थियो।
बिगत २ बर्षदेखि आयोजना गर्दै आईरहेको तीज रमझम सांझले गएको बर्षहरुमा भन्दा दोब्बर महिला दिदीबहिनीहरुलाई सहभागी गराउंन सफल रहेको आयोजक समिति बताउंछन। हङकङ जस्तो ब्यस्त शहरमा पनि कार्यक्रम स्थलमा ५०० को हाराहारीमा महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने बर्ष दिन भरीको दुख बिसाउन र एक आपसमा भेट्घाट तथा रमाईलो गर्ने अभिप्रायले पनि तीज रमझम सांझ आयोजना गरेको आयोजक बताउंछन।
स्मरण रहोस हङकङमा दर्जन भन्दा बढीले तीज कार्यक्रमको प्रचारप्रसार गरेको देखिन्छ।