राज्यसत्ता, ३१ अगष्ट हंङकंग, आदिवासी जनजाति महासंघ हंङकंगले याउ मा तेइ कम्युनिटी हलमा २० औं विश्व आदिवासी दिवस मनाएको छ । उक्त कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्व महासचिब बालकृष्ण मावुहाङले प्रमुख आतिथ्य ग्रहण गरी सम्वोधन गरेका थिए । नेपालमा आदिवासी जनजातिको सुचिमा रहेका सवै जातिलाई जनजाति भनी सम्बोधन गर्न हंङकंगमा सुझाए । जाति भन्यो भने बाहुन, क्षेत्री लगायत गैरजनजाति भन्ने पनि बुझिन्छ भनेका थिए । आदिवासी जनजातिले आफ्नो अधिकार गुमाएको हजारौ बर्ष भइ सकेको छ र यो अधिकार आजको आजै प्राप्त गर्न नसकिदो रहेछ यो विस्तारै हुने कुरा हो आदिवासी जनजाति महासंघ नेपाल यसमा निरन्तर लागिरहेको छ भनेका थिए । तर अधिकार मागेर पाइएन भने लड्न पनि तयार हुनु पर्छ भनेका थिए । बाहुनहरुले सवै जातिको मनोविज्ञान बुझेको र त्यसै अनुसार राजनिती गरेर खाइरहेको छ तर हामीले हामीलाई पनि बुझ्न सकिरहेका छैनौं त्यसैले अझै पनि यो आवस्थामा गु्ज्रि रहेका छौं भनेका थिए ।
अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तब्य दिएका थिए । महासचिब हस्त मास्वाले कार्यक्रम सञ्चालन गरेको थिए । आदिवासी बर्ष पुरुष र बर्ष महिलामा प्रेम गलामी मगर र कमल कुमारी वनेम सम्मानित भएका छन । कार्यक्रममा विभिन्न झाँकी पनि प्रदर्शन गरीएको थियो ।
हामी जाति होइनौं जनजाति हौं : मावुहाङ
Read Time:2 Minute, 9 Second